Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०८:०८ दिउँसो
- ADVERTISEMENT -

थुनछेक बहस सकिएन, रविलाई फेरि पठाइयो हिरासत

प्रकाशित मिति: २०८१ पुस २८, आइतबार

232
Shares

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि प्रहरी हिरासत पठाइएको छ । जिल्ला अदालत काठमाडौंमा आइतबार बयान भए पनि थुनछेक बहस नसकिएकाले लामिछानेलाई हिरासतमा पठाइएको हो।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो । आइतबार बिहानै अदालत उपस्थित भएमा रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो ।

लामिछानेको बयान सके पनि सरकारी पक्षले बयान अध्ययन नगरेकाले आज बहस गर्न नसक्ने भनि इजलासमा उठाएपछि न्यायाधीशले यस्तो आदेश गरेका हुन् ।

काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरूपयोग आरोपमा लामिछानेसहित ३९ जनाविरूद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दर्ता भएको थियो।

सुर्यदर्शन सहकारी, पोखराको अपचलन प्रकरणमा बिहीबार मात्रै जिल्ला अदालत कास्कीले लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको थियो । उनी पोखराबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । यद्यपि, फेरि हिरासत पुगे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -