Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३९:२१ बिहान
- ADVERTISEMENT -

शिक्षिकाले लठ्ठीले हिर्काउँदा विद्यार्थीको आँखा फुट्यो

प्रकाशित मिति: २०८१ पुस २८, आइतबार

277
Shares

काठमाडौं। शिक्षिकाको कुटाइबाट एक विद्यार्थीको आँखा फुटेको छ। घटना पश्चिम नवलपरासीको प्रतापपुरमा भएको हो। उक्त स्थानमा रहेको एच पाठशालाका यूकेजीका विद्यार्थी ६ वर्षीय प्रशान्त चौधरीको बायाँ आँखा फुटेको हो।

शिक्षिका सन्जु चौधरीले प्रशान्तलाई लठ्ठीले हानेकी थिइन्। घटना गत मंसिर १८ गते भएको हो। त्यसबारे प्रहरीमा ढिलो गरी उजुरी परेको हो। उजुरी परेपछि पुस १९ गते प्रहरीले शिक्षिकाविरुद्ध अदालतबाट पक्राउको अनुमति लिएको थियो।

ती शिक्षिका सम्पर्कविहीन बनेकी छन्। उनको खोजी भइरहेको नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले बताए।

प्रहरीका अनुसार कक्षामा दुई विद्यार्थी बीचको झगडा छुट्याउने क्रममा शिक्षिका चौधरीले प्लास्टिकको लठ्ठीले चौधरीलाई हिर्काएकी थिइन्। त्यस क्रममा उनको आँखामा चोट लागेको विद्यालयका प्रिन्सिपल सुजितकुमार गुप्ताको भनाइ छ।

घटनापछि विद्यालयका शिक्षक, कर्मचारीले प्रशान्तलाई उपचारका लागि गोपीगञ्ज बजार लगेका थिए। त्यहाँ उपचार सम्भव नभएपछि अभिभावकले परासी, रणअम्बिका आँखा अस्पताल भैरहवा हुँदै काठमाडौंको तिलगंगा आँखा अस्पताल पुर्याएका थिए।

त्यहाँका चिकित्सकले जाँचपछि बालकको नानी फुटेकाले आँखा देख्न नसक्ने बताएको प्रशान्तका बुवा नरेन्द्रप्रसाद चौधरीले बताए। शल्यक्रिया गरी प्रारम्भिक उपचार भएको उल्लेख गर्दै उनले रगत जमेकाले अझै दुई पटक शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको बताए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -