चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा साढे पाँच हजार भन्दा धेरै फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यो अवधिमा देशभरबाट ५ हजार ८ सय ४६ जना फरार प्रतिवादी पक्राउ परेका छन्
विभिन्न कसुरमा अदालतबाट फैसला भई सजाय तोकिएपनि फरार रहेका ५ हजार ८ सय ४६ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए
उनका अनुसार ती प्रतिवादीहरूका लागि अदालतले कुल एक हजार नौ सय ६८ वर्ष ९ महिना ८ दिन कैद सजाय तोकेको थियो । त्यस्तै, उनीहरूबाट कुल ४३ करोड ५ लाख ४२ हजार ५४ रुपैयाँ जरिवाना असुल उपर गर्न अदालतको आदेश थियो।








































