नेकपा (माओवादी केन्द्र)को आठौं केन्द्रीय समितिको छैठौं बैठकको तेस्रो दिनको छलफल जारी छ । बैठकको प्रारम्भमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्षिप्त धारणा राखेका थिए । अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावमा छलफल प्रक्रिया सकेर निर्णय प्रक्रियामा अघि बढ्नेछ ।
आइतबारदेखि धुम्बाराही शङ्खपार्कस्थित स्मार्ट दरबार बैंक्वेटमा सुरु भएको बैठक आजै सकिनेछ ।








































