नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ सोमबार नेकपा (एमाले) मा फर्किएका छन् ।
एमालेको केन्द्रीय कार्यालय, च्यासलमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकको आजको खाजा ब्रेक हुनुपूर्व पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूले एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका सह–इञ्चार्ज चेपाङलाई पार्टी प्रवेश गराए ।

मकवानपुर निवासी चेपाङ संविधानसभा सदस्य पनि हुन् । बैठकमा अहिलेसम्म ६४ केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलेका छन् । धारणा राख्ने क्रम जारी छ ।








































