Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:२८:३१ बिहान
- ADVERTISEMENT -

गोरखाका निमा लामालाई कन्जरभेसन अवार्ड

प्रकाशित मिति: २०७६ जेठ ५, आइतबार

1294
Shares
काठमाडौं,५ जेठ,  । अहिंसा संस्कृतिका अभियन्ता गोरखाका निमा लामा विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले प्रदान गर्ने कन्जरभेसन अवार्ड (संरक्षण पुरस्कार) २०१९ बाट पुरस्कृत भएका छन् ।
 
आइतबार डब्लुडब्लु एफ नेपालको २६ औं राष्ट्रिय दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा उनलाई नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र डब्लुडब्लु एफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले पुरस्कार प्रदान गरे । यो पुरस्कारको राशी ५० हजार रुपैयाँ छ ।
 
गोरखाको छेकम्पारका वासिन्दा लामा चुम कल्याण समितिका अध्यक्ष र हिमाली समुदाय जलवायुमैत्री संगठनका उपाध्यक्ष हुन् ।
 
मनासलु संरक्षण क्षेत्रभित्र पर्ने गोरखाको चुमनुब्री गाउँपालिकाको वडा नं ६ चुम्चेत र वडा नं ७ छेकम्पार (साविकको चुम्चेत र छेकम्पार गाविस)लाई अहिंसा क्षेत्र घोषणा गरी वन्यजन्तु र जैविक विविधता संरक्षणमा योगदान पु¥याएवापत उनलाई पुरस्कृत गरिएको डब्लुडब्लुएफ नेपालले जानकारी दिएको छ ।
 
अहिंसा संस्कृतिका अभियन्ता लामाको अगुवाईमा २०६९ सालमा चुम उपत्यकामा अहिंसा महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा स्थानीय वासिन्दाले लिखित रुपमा नै पशु काटमार नगर्ने, शिकार नखेल्ने, मह नकाड्ने, डढेलो नलगाउने, बुढो भइ काममा नआउने पशुको हत्या नगर्नेलगायतका लिखित प्रतिवद्धता जनाएका थिए । चुम उपत्यका चार किल्ला तोकेर अहिंसा क्षेत्र घोषणा गरिएको नेपालको एकमात्र क्षेत्र हो ।
 
‘उहाँको प्रयासको नतिजास्वरुप छेकम्पार नजिकैको चुम्चेतलाई गैह्र हिंसा क्षेत्रको रुपमा घोषणा गरिएको छ, उहाँले दुई दशकसम्म नेपाल सरकारसँग चुम उपत्यकामा पर्यटनमा लगाइएको रोक हटाउन प्रयास जारी राख्नुभएको थियो’ डब्लुडब्लुएफले भनेको छ ।
 
त्यस्तै पाल्पाका पत्रकार माधव अर्याल, ३० वर्षदेखि संरक्षणमा खटिएका दाङका उमाकान्त पन्तले पनि व्यक्तिगत तर्फ संरक्षण पुरस्कार पाएका छन् । संस्थागततर्फ महोत्तरीको सामुदायिक विकास तथा पैरवी मञ्च, काठमाडौंको रानीवारी सामुदायिक वनले पुरस्कार पाएका छन् । संस्थागततर्फको पुरस्कार राशी जनही १ लाख रुपैयाँ रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -