Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३४:१६ बिहान
- ADVERTISEMENT -

एमालेसँग जुहारी खेल्दै भीम रावल, झुटो प्रचार र थोत्रो पर्दाले सत्यतथ्य नछोपिने दाबी

प्रकाशित मिति: २०८१ पुस १९, शुक्रबार

103
Shares

नेकपा एमालेबाट निस्कासितमा परेका नेता डा भीम रावलले एमोलले फेरि जवाफ फर्काएका छन् ।

एमाले सचिवालय बैठकले संगठित सदस्यता खोसेलगत्तै रावलले गत बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि ७४ वटा आरोप लगाएका थिए । सो आरोप बिहीबार बसेको एमाले सचिवालय बैठकले खण्डन गरेको थियो ।

एमाले सचिवालय बैठकले रावलले लगाएको आरोप ०७७ सालमा तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कपी पेस्ट भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले टिप्पणी गरेका थिए । ज्ञवालीको उक्त टिप्पणीप्रति जवाफ फर्काउँदै रावलले आज झुटो प्रचार र थोत्रो पर्दाले सत्यतथ्य नछोपिने दाबी गरेका छन् ।

यस्तो छ रावलले सामाजिक सञ्जालमा लेखेको स्टाट्स

बामाले (बाको मात्र नाम लेउ) भन्नेहरूले गरेका कुप्रचारका नमूनाहरु


१) देश, जनता, एमालेको सिद्धान्त र मान्यता विपरीत गरेका कामको जवाफ दिन नसक्ने भएपछि मैले बोलेका तथ्य संगत कुराहरू ‘प्रचण्डले बोलका कुराहरूको फोटोकपी’ रे! केपी ओलीले प्रचण्डसंग लगनगाँठो गरी एमाले बनाउने र भत्काउने गरेको काम, नेकपा छँदा गरेका विभिन्न राष्ट्र र जनताको हित विपरीत गरेका काम, आम निर्वाचन पछि फेरी प्रचण्डसंग गरेको साँठगाँठ र फेरी प्रचण्डसंग पारपाचुके गरेको काम तथा त्यसपछि गरेका गलत कामहरुको चर्चा ‘प्रचण्डको आरोपको फोटोकपी’ नै हुन् र ?


२) २०६२/६३ को जनआन्दोलनका बेला तुलसी गिरी, तथा चुनाव र सरकारमा राप्रपा, राप्रपा, नेपाल, परिवार दल, जसपा, लोसपा र नेपाली कांग्रेससंग साँठगाँठ गर्ने केपी ओली दक्षिणपन्थीको वाहक र पृष्ठपोष रहेको अकाट्य तथ्य सार्वजनिक हुँदाहुँदै ‘दक्षिण पन्थीको नाइके’ भीम रावल रे ! आफू नाइके भएको तथ्यमाथि पर्दा पो हाल्न सकिन्छ कि भन्ने कस्तो छट्टु तरिका !


३) बामालेका ‘काम्लो ओढेर घिउ खाने’ कतिपयका ‘काम्ला’ उधी सकेका छन्, केहीका ‘काला’ टाल्ने दुस्प्रयास भइरहेको छर्लङ्ग हुँदाहुँदै ‘भीम रावलले काम्लो ओढेर घिउ खाएको’ रे!


४) भीम रावलले यो पद उ पद ‘पाएको’ ले सत्य-तथ्य र देश तथा जनताको हितमा केही नबोली चुप लाग्नु पर्ने रे! अरुले (त्यसमध्ये कति बदनाम र अयोग्य) अनेकौं पटक पदमाथि पद पाएको स्वाभाविक रे भीम रावलले पाएका पद र अवसर पाउनै नहुने र बढी रे !


५) उनीहरुले गरेका झुटा र तथ्यहीन कुराहरुको आधारमा ममाथि गरिने प्रहार ‘ गाली गलौज’ होइन रे ! मैले अकाट्य तथ्यको आधारमा सोधेका प्रश्नहरु र दिएका जानकारी ‘गालि गलौज ! रे !


सत्ता रशक्तिको उन्माद भनेको यही हो । त्यसले सत्य, न्याय र विवेकलाई देख्न सक्दैन । झुट प्रचार र थोत्रो पर्दाले सत्य-तथ्य छोपिने छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -