Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०८:४७ दिउँसो
- ADVERTISEMENT -

रास्वपा संसदीय दलको नेतामा को ?

प्रकाशित मिति: २०८१ पुस १२, शुक्रबार

60
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएसँगै उनी पार्टी सभापति र संसदीय दलका नेताबाट निलम्बित भए।

यसपछि रास्वपाले कार्यवाहक सभापतिमा उपसभापति डोलप्रसाद अर्याल चयन गरिसकेको छ। तर, संसदीय दलको नेता भने चयन गरिसकेको छैन। यसबारे शुक्रबारको सचिवालय बैठकमा छलफल हुने प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । ‘यसबारे आजको बैठकले मोटीमोटी रूपमा छलफल हुन्छ। तर, एजेन्डामा चाहिँ छैन,’ प्रमुख सचेतक परियारले भने।

रास्वपामा संसदीय दलका लागि मुख्यगरी चार जनाले दाबी प्रस्तुत गरेका छन्। दाबी प्रस्तुत गर्नेहरूमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालसहित उपसभापति डा. स्वर्णिम वाग्ले, संसदीय दलका पूर्वउपनेता विराजभक्त श्रेष्ठ र पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ छन्।   त्यसमा पनि स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठमध्ये एकजना संसदीय दलका नेता बन्ने नेताहरूले बताएका छन्। सभापति रवि लामिछानेको चाहना पनि त्यही रहेको नेताहरू बताउँछन्।

कार्यवाहक सभापतिमा उपसभापति डोलप्रसाद अर्याललाई अगाडि बढाएका रवि लामिछानेले सन्तुलन मिलाउनका लागि संसदीय दलका नेतामा स्वर्णिम वाग्ले बढाउन खोजेको नेताहरूले बताएका छन्। तर, संसदीय दलका पूर्वउपनेता भइसकेका विराजभक्त श्रेष्ठले पनि बलियो दाबी प्रस्तुत गरेका छन्।

यसर्थ स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठमध्ये नै एकजना नेता बन्नेमा दुईमत नरहेको रास्वपाका एक नेता बताउँछन्। ‘उहाँहरू दुईजनामध्ये नै एकजना होला, सिनारियोअनुसार पनि उहाँहरूमध्येमै बन्नुपर्छ । को त भन्ने कुराचाहिँ केही दिनभित्रै टुङ्गिन्छ,’ ती नेताले भने।

शिक्षामन्त्री भइसकेकी सुमना श्रेष्ठले पनि आफूलाई संसदीय दलको नेताका रूपमा उभ्याएकी छन्। उनले पार्टीको सोसल मिडिया ग्रूपमा संसदीय दलको नेतामा आफूलाई समर्थन जनाइदिनु भन्दै सन्देश पठाएको बताइएको छ। त्यसो त संसदीय दलको नेतामा दाबी प्रस्तुत गर्नेहरूमध्ये स्वर्णिम वाग्ले र विराजभक्त मात्रै प्रत्यक्ष निर्वाचित हुन्।

डोलप्रसाद अर्याल र सुमना श्रेष्ठ समानुपातिक सांसद हुन् । पार्टीभित्र समानुपातिक सांसदलाई संसदीय दलको नेता बनाउन नहुने कतिपय नेताहरूले बताएका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -