Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२५:५० दिउँसो
- ADVERTISEMENT -

बालकोटमा बाबुछोराको हत्या : प्रहरीको नियन्त्रणमा जेठा मिलन, भक्तपुर लगिँदै

प्रकाशित मिति: २०८१ पुस ९, मंगलबार

80
Shares

जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनका कान्छा छोरा मृत भेटिएको प्रकरणमा बेपत्ता मिलन आचार्य पक्राउ परेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय निमित्त कार्यालय प्रमुख आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित भाडाको घरमा सोमबार मृत भेटिएका थिए ।

तर उनीहरूसँगै शनिबार राति उक्त घरमा सुतेका जेठा छोरा मिलन भने बेपत्ता थिए । शनिबार राति सुतेका बाबु र कान्छा छोरा मृत भेटिँदा बेपत्ता रहेका जेठा छोरा मिलन भने बेपत्ता थिए ।

आइतबार बिहान ३ बजे कोठाबाट निस्किएर बेपत्ता भएका उनलाई मंगलबार बिहान महाराजगञ्ज प्रहरी बृत्तले पक्राउ गरेको हो । हाल महाराजगञ्ज प्रहरी बृत्तमा रहेका उनलाई लिन टोली पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधवप्रसाद बुढाथोकीले खबरहबलाई जानकारी दिए ।

‘आइतबार बिहान ३ बजेदेखि मिलन कोठाबाट स्कुटर चढेर हिँडेको देखिएको थियो । सातदोबाटोसम्म पुगेको पत्ता लागेको थियो । मंगलबार बिहान महाराजगञ्ज बृत्तमा पुगेपछि पक्राउ गरिएको छ’, उनले भने, ‘अहिले हाम्रो टोली लिन जाँदैछ। ल्याइसकेपछि विस्तृत विवरण खुल्छ ।’प्रहरी श्रोतका अनुसार मिलनले बुवा र भाइको हत्या गरेको स्वीकारेका छन् । उनले शारीरिक अभ्यासका लागि प्रयोग गरिने ड्रमबेलले हानेर दुवैजनाको हत्या गरेको प्रहरीले अनुमान गरेको छ ।

यद्यपि अहिले छानबिन जारी छ । शनिबार राति बुवा र भाइलाई आफैंले मासुभात पकाएर खुवाएका मिलनले अचानक किन यति कठोर निर्णय लिए भन्ने खुलिसकेको छैन।

हुलाकका निमित्त कार्यालय प्रमुख आचार्य खोटाङबाट पाँच दिनअघि मात्रै जेठा छोरा मिलन आचार्य र कान्छा छोरा प्रवीण बसिरहेको भक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा पुगेका थिए । बाहिरबाट चाबी लगाएको कोठाभित्र आचार्य बाबुछोराको सोमबार बिहान प्रहरीले भेट्टाएको थियो । दुई दिनसम्म पनि कोठा नखुलेपछि शंका लागेर घरमालिकले प्रहरीलाई बोलाएका थिए ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक बुढाथोकीले घटनास्थल र लाशमा देखिएको चोट हेर्दा हत्या भएको निष्कर्षमा प्रहरी पुगेको बताएका छन् । आचार्य बाबुछोराको घाँटी, टाउकोसहितका भागमा निलोडाम देखिएको छ । धारिलो हतियार भने प्रयोग भएको देखिएको छैन ।
उनीहरूसँगै कुलप्रसादका जेठा छोरा मिलन पनि सँगै सुतेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -