नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन् । सोमवार काठमाडौंमा नेपाली कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै सिटौलाले यस्तो बताएका हुन् ।
आगामी निर्वाचन एक्लै लड्ने र बहुमत ल्याउने दावी पनि उनको थियो । ‘हामी आगामी चुनाव एक्लै फेस गर्दछौँ । एक्लै जान्छौँ चुनावमा । एक्लै फेस गरेर जाँदा पनि हार्ने गरी होइन, बहुमत ल्याउने गरी जाने हो । त्यसको तयारीको प्रारम्भ हो यो अहिलेको अभियान,’ सिटौलाको भनाइ छ ।अहिलेको अभियान ०८४ कै तयारीको प्रारम्भ भएको उल्लेख गर्दै उनले आफूले गरेका राम्रा कामहरुको प्रचारप्रसार गर्न कांग्रेस अघि सर्नुपर्ने र कमी कमजोरीको पनि आफूले जस÷अपजस लिनुपर्ने बताए ।
‘कांग्रेस पार्टीका साथीहरूले बढो गर्वका लागि राजनीतिक क्षेत्रमा जनताको अधिकारका लागि हामीले गरेको संघर्ष, आन्दोलन, क्रान्ति, जे–जे छ, जे–जे जान्नु हुन्छ, हामीले भन्दै जानुपर्छ । भन्न छोड्नु हुन्न,’ उनले भने– ‘किन भने देशको राजनीतिक फाउण्डेशन हाम्रै नेतृत्वमा बनेको छ । देशको विकासमा हामीले जे–जति काम गरेका छौँ । गरेका राम्रा कुरारू भन्दै जानुपर्छ, भन्न छाड्न हुन्न ।’








































