Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५३:०६ दिउँसो
- ADVERTISEMENT -

दुर्गा प्रसाईंको अस्पताल लिलाम गर्न अदालतले फुकाइदियो बाटो

प्रकाशित मिति: २०८१ पुस ३, बुधबार

98
Shares

 बैंकले ऋण असुलीका निम्ति ताकेता गर्दा अदालत गएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिट खारेज भएको छ ।

पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालन गर्न कुमारी बैंकको बिर्तामोड शाखासहितबाट लिएको ऋण असुलीका निम्ति ताकेतापछि प्रसाईंका तर्फबाट टीकाराम अधिकारीले उच्च अदालत विराटनगरको इलाम इजलासमा निषेधाज्ञाको रिट दायर गरेका थिए । गएको असार ८ गते दायर रिट उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायाधीशद्वय विपुल न्यौपाने र काजीबहादुर श्रेष्ठको इजलासले मंगलबार (हिजो) खारेज गरिदिएको हो ।

“केही दिन सम्झौताको अवधि बाँकी रहेको भन्दै त्यतिन्जेलसम्म रोकिदिनका लागि निषेधाज्ञाको रिट परेको थियो । मंगलबार रिट खारेज हुने आदेश भएको छ,” उच्च अदालत विराटनगरको इलाम इजलासका रजिस्ट्रार तीर्थराज भट्टराईले बाह्रखरीसँग भने, “उहाँहरूबाट माग नभएकाले संक्षिप्त आदेश भएको छैन । केही सयममै आदेशको पूर्णपाठ आउनेछ ।”

रिट खारेजसँगै बैंकलाई ऋण असुलीको बाटो फुकेको छ । ऋण असुली नभए बैंकले प्रसार्इंको पूर्वाञ्चल क्यान्सर अस्पताल लिलाम समेत गर्न सक्नेछ ।

पछिल्लो समय प्रसाईंले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने र मिनाहा हुने अभिव्यक्ति दिँदै आएका थिए । प्रसाईंको अभियानका कारण ग्रामीण क्षेत्रमा काम गरिरहेका लघुवित्त वित्तीय संस्थाहरू ऋण असुली गर्न जान नसक्नेसम्मको अवस्था निम्तिएको थियो ।

प्रसाईंले समूह नै खडा गरेर लघुवित्तविरुद्ध आन्दोलन चर्काएका थिए । आफ्नै अस्पतालका निम्ति लिएको ऋणको असुली रोक्न भने प्रसाईं अदालत गएका थिए ।

न्यायाधीशले राय किताबमा ‘निवेदकले विपक्षी बैंकउपर यसै निवेदनलाई उल्लिखित ऋण कर्जाको विषयलाई लिएर करारको यथावत् परिपालन गराई पाऊँ भनी मुद्दा दायर गरी साधारण क्षेत्राधिकारअन्तर्गत कानुनी उपचारको प्रक्रिया अवलम्बन गरिसकेको देखिएको र मिति २०८०–१– १० को पत्रको प्रयोजन नै समाप्त भइसकेको देखिएको’ उल्लेख गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -