‘सबैभन्दा दुर्भाग्य गण्डकीको जुन निर्णय भयो त्यो निर्णयले धेरै नै पिरोल्यो। जबकि उहाँलाई पनि सुनुवाइ समितिमा भनेको थिएँ- तपाईंले एउटा पार्टीको झन्डा बोकेर बस्नुभएको थियो हिजोको दिनमा।
अब आज तपाईं न्यायपालिकामा आउँदै हुनुहुन्छ तपाईंले न्याय निष्पक्ष दिन सक्नुहोला र? होइन चप्पल खोलेर न्यायपालिकाको कुर्सीमा बस्नुपर्छ भन्नुभयो। मलाई पनि खुसी लाग्यो। चप्पल त खोल्नुभएको होला लागेको थियो तर उहाँले चप्पल खोल्नुभएको रहेनछ। त्यसैले यो सब कुराको प्रष्ट रूपमा यहाँले कार्य गर्दगर्दा कसरी व्यवस्थापन गर्न सक्नुहुन्छ?,’ उनले भने।
प्रधान २०६४ सालमा नेकपा (एमाले) का तर्फबाट पहिलो संविधान सभा सदस्य थिइन्। एमालेबाट सांसद भइसकेकी प्रधानले न्यायाधीशका रूपमा खेल्ने भूमिकालाई लिएर सुनुवाइकै बेला पनि सांसदहरूले प्रश्न उठाएका थिए।
२०७३ साउन १३ गते भएको सुनुवाइ समिति बैठकमा कांग्रेस सांसद आनन्द ढुंगानाले प्रधानलाई लक्षित गर्दै ‘लोगो लगाएर झन्डामुनि उभिएको व्यक्तिले निष्पक्ष न्याय दिनेमा अविश्वास व्याप्त रहेको’ बताएका थिए। न्यायाधीश प्रस्तावित व्यक्तिलाई एउटा दल विशेषको मानिसका रूपमा व्याख्या गरेको भन्दै प्रधानले त्यसबेला असन्तुष्टि जनाएकी थिइन्।








































