Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५३:२९ दिउँसो
- ADVERTISEMENT -

उपनिर्वाचन : कीर्तिपुर र काठमाडौँ-१६ मा आयोगले खटायो अनुगमन टोली

प्रकाशित मिति: २०८१ मंसिर १२, बुधबार

66
Shares

 निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनको लागि काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६ र कीर्तिपुर नगरपालिकामा निर्वाचन अनुगमन टोली खटाएको छ। आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार मंसिर २ गतेदेखि लागू भएको आचारसंहिताको पालना भए/नभएकोबारे अनुगमनका लागि आयोगले दुई वटा ठाउँमा छुट्टाछुट्टै टोली परिचालन गरेको हो।

काठमाडौँ-१६ मा सहसचिव नारायणप्रसाद सापकोटाको नेतृत्वमा सशस्त्र प्रहरीका एसपी दिगविजय सुवेदी, उपसचिव सीतापुन श्रीष र एसपी सञ्जयसिंह थापा खटिएका छन्। कीर्तिपुरमा एसएसपी दीपक रेग्मीको नेतृत्वमा उपसचिव थानेश्वर भुसाल, उपन्यायाधिवक्ता केदारकुमार अधिकारी र सशस्त्र प्रहरीका एसपी अशोक न्यौपानेको टोली खटिएको हो।

आचारसंहिताको उल्लंघन गरेको पाइएमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गर्न उक्त टोली खटिएछ। त्यस्तै, आयोगले उपनिर्वाचनका लागि सबै ठाउँमा अनुगमन भइरहेको जनाएको छ। आचारसंहिताको उल्लंघन गरेमा उम्मेदवारी नै रद्द गर्न सक्ने पनि चेतावनी आयोगले दिएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -