नेपाल बैंक लिमिटेडले ८८औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । वि.सं. १९९४ साल कात्तिक ३० गते स्थापना भएको बैंक २०८१ कात्तिक ३० गते ८७औँ वर्ष पूरा गरी ८८औँ वर्षमा प्रवेश गरेको हो ।वार्षिकोत्सव समारोह नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
बैंकले नेपालभर २२९ शाखा, २०५ एटीएम मेसिन साथै ६० वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।








































