सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार १३.९५ अंकले बढेको छ । लगातार दुई दिन घटेको नेप्से आज शून्य दशमलव ५१ प्रतिशतले बढेको हो । नेप्से मंगलबार ११.२४ र बुधबार १४.१२ अंकले घटेको थियो ।
आज २७४८.७८ विन्दुमा बन्द भएको छ । कुल १५९ कम्पनीको सेयर मूल्य बढेको छ भने ७९ कम्पनीको मूल्य घट्यो । ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कुल १ लाख १ हजार ५ सय ४५ पटकको सेयर किनबेचबाट १० अर्ब ३२ करोड रूपैयाँको कारोबार भएको छ । आज २ करोड १६ लाख ६० हजार ६ सय ३९ कित्ता सेयर किनबेच भयो । कुल १३ उपसमूहमध्ये ६ को सेयर मूल्य बढ्यो भने ७ को सेयर मूल्य घटेको छ ।
बढ्ने उपसमूहहरूमा होटल तथा पर्यटन, हाइड्रोपावर, विकास बैंक र लघवित्तलगायत रह्यो ।घट्ने उपसमूहहरूमा निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, व्यापार, जीवन बिमा र फाइनान्स रहे ।








































