Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२२:४८ दिउँसो
- ADVERTISEMENT -

पीसीबीलाई आईसीसीको पत्र- च्याम्पियन्स ट्रफी खेल्न भारत पाकिस्तान नजाने पत्र आएको छ

प्रकाशित मिति: २०८१ कात्तिक २८, बुधबार

197
Shares

तीन महिनापछि पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफीमा खेल्न भारतले पाकिस्तान जान अस्वीकार गरेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सोमबार यसबारे आधिकारिक जानकारी दिएको हो।

पाकिस्तान क्रिकेट बोर्डका प्रवक्ताले आईसीसीमार्फत भारत च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान आउँदैन भन्ने इमेल प्राप्त भएको जानकारी दिए।

पाकिस्तान क्रिकेट बोर्डले थप सल्लाहका लागि आईसीसीको इमेल पाकिस्तान सरकारलाई पठाएको छ। पाकिस्तानले फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म मिनी विश्वकप मानिने च्याम्पियन्स ट्रफीको आयोजना गर्दैछ।

यसअघि च्याम्पियन्स ट्रफी गत वर्षको एसिया कप जस्तै हाइब्रिड हस्टिङ मोडलमा हुन सक्ने अनुमान गरिएको थियो।

गत वर्ष पाकिस्तानमा भएको एसिया कपमा भारतका सबै खेल श्रीलङ्कामा खेलिएको थियो। तर पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नाक्भीले गत शुक्रबार सो मोडललाई च्याम्पियन्स ट्रफीमा स्वीकार गर्न नसक्ने बताएपछि भारतको यस्तो प्रतिक्रिया आएको हो।

यसैबिच केही महिनाअघि पाकिस्तानले ५० ओभरको एकदिवसीय विश्वकपका लागि भारत भ्रमण गरेको थियो। यी दुई देशबीचको राजनीतिक तनावले भारतले सन् २००८ देखि पाकिस्तानको भ्रमण गर्न अस्वीकार गर्दै आएको छ।

यी दुई देशले एकअर्काविरुद्ध आईसीसीका खेलमा मात्र प्रतिस्पर्धा गर्दै आएका छन्। सन् २०१२ मा पनि पाकिस्तानले द्विपक्षीय एकदिवसीय शृङ्खला खेल्न भारतको भ्रमण गरेको थियो। पाकिस्तानले च्याम्पियन्स ट्रफीका लागि कराँची, लाहोर र रावलपिन्डीमा रहेका रङ्गशालामा स्तरोन्नति गर्न लाखौँ डलर खर्च गरेको छ।

सो प्रतियोगितामा पाकिस्तान, भारत, बङ्गलादेश, इङ्ग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र अफगानिस्तानको सहभागिता रहने छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -