Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:३५:४१ दिउँसो
- ADVERTISEMENT -

स्वर्णलक्ष्मी सहकारीको ऋण उपसमिति सदस्य कमल लामा पक्राउ

प्रकाशित मिति: २०८१ कात्तिक २६, सोमबार

74
Shares

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ घर भएका कमल लामा छन् । ५१ वर्षीय लामालाई तिनचुलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । लामा सो सहकारीको तत्कालीन ऋण उपसमिति सदस्य हुन् ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ पर्नेका सङ्ख्या २ पुगेको छ । यसअघि लेखा समितिकी सदस्य काठमाडौँ महानगरपालिका–३१ घर भएकी सुनिता नेवा पक्राउ परेकी थिइन् ।

स्वर्णलक्ष्मीको रकम अपचलनमा संलग्न २४ जना विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीवी राई हुन् ।

रकम अपचलनबारे अनुसन्धान गर्न ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

२७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ ।

अध्यक्ष जीवी राई, सचिव इरान लामा, सह–सचिव कविता तामाङ, सदस्य रविना रिमाल र हेमन्त अधिकारी, व्यवस्थापक नवीन अछामी र पूर्व अध्यक्ष दीपक लामाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

त्यस्तै, कल्पना कुमारी श्रेष्ठ र पूर्वप्रबन्धक भूपेन्द्र राईविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -