Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१४:०२ दिउँसो
- ADVERTISEMENT -

गोली लागेर घाइते भएका मामालाई भेट्न गए कृष्णा अभिषेक

प्रकाशित मिति: २०८१ कात्तिक ८, बिहीबार

192
Shares

 हालै कमेडियन कृष्णा अभिषेक मामा गोविन्दाको घर उनको हालखबर सोध्न पुगेका थिए । आफूहरूबिचको ७ वर्ष पुरानो झगडा बिर्सेर उनी मामाको घर गएका हुन् । ई–टाइम्सलाई दिएको एउटा अन्तरवार्तामा कृष्णले यस भेटलाई उल्लेख गर्दै भनेका थिए, ‘भारत फर्कने बित्तिकै, म ७ वर्षमा पहिलो पटक मामालाई भेट्न उनको गएँ ।’

मामाघर जाँदा आफूलाई आधा वनवास पूरा गरेको जस्तो लागेको र उनी ठिक भइरहेको पनि उनले बताए । ‘मैले उहाँसँग करिब एक घण्टा बिताएँ । यो निकै भावुक क्षण थियो ।’ कृष्णाले भने । गोविन्दाको घरमा करिब एक घण्टा बिताए पनि यस अवधिमा उनले अभिनेताकी पत्नी सुनितालाई भने भेटेनन् ।

आफ्नै घरमा बन्दुक चलाइरहँदा झुक्किएर गोविन्दाको खुट्टामा गोली लागेको थियो । अस्पतालमा ३–४ दिन उपचार गराएपछि उनी घर फर्किएका थिए । यो घटनाको समयमा गोविन्दाका भाञ्जा कृष्णा अभिषेक कामको सिलसिलामा अष्ट्रेलियामा थिए । भारतमै रहेकी उनकी श्रीमती कश्मिरा शाह भने गोविन्दालाई भेट्न आएकी थिइन् ।
 
अस्ट्रेलियाबाट फर्किएपछि कृष्णले आफूहरूबिचको झगडा बिर्सेका छन् । मामालाई गोली लागेको खबर सुनेपछि आफूले अष्ट्रेलिया भ्रमण लगभग रद्द गरेको भएपनि अस्पतालका कर्मचारी र पत्नी कश्मिरासँग कुरा गरेपछि मामाको स्वास्थ्यमा सुधार आइरहेको थाहा पाएपछि आफू सन्तुष्ट बनेको पनि उनले बताए ।

भेटका क्रममा आफू र मामाबिच विगतको कुनै कुरा नभएको कृष्णाले बताए । माइजु निकै व्यस्त भएकोले आफूले उनलाई नभेटेको पनि उनले बताएका छन् । माइजुलाई भट्दा गाली खाइने डर भएपनि आफू गाली सुन्न तयार भएको उनले बताए ।
 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -