गण्डकी प्रदेशका नवनियुक्त वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले मन्त्री पौडेललाई सोमबार साँझ प्रदेश प्रमुखको कार्यालयमा एक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
नेपाली कांग्रेसका सांसद पौडेललाई सोमबारै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीमा नियुक्त गरेका थिए ।








































