पोखरा महानगरपालिकामा निषेधाज्ञा जारी भएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सहिदचोक र गैह्रापाटन क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरिएको सूचना जारी गरेका हुन् ।
रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ पछि प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका घटना हुनसक्ने भन्दै निषेधाज्ञा जारी गरिएको हो ।









































