आज मिति २०८१/०६/०२ गते स्वर्गीय बाबुराम भट्टको प्रथम बार्षिक पुण्य तिथिको अबसरमा छायादत्त बाबुराम स्मृति प्रतिष्ठानको स्थापना गरियको छ।

गोरखा जिल्ला भिमसेनथापा गाँउपालिका वडा न ४ साबिक धावा गाबिस वडा न ०३ का धावा गाबिसको पूर्व गाबिस अध्यक्ष स्वर्गीय बाबुराम भट्टको गतबर्ष मुटु रोग को कारण निधन भयको थियो।
बेलायत बस्दै आयको उनको छोरा हरि भट्ट को पहलमा स्वर्गीय हजुरबुबा छायादत्त भट्ट र स्वर्गीय बुबा बाबुराम भट्टको स्मृतिमा भट्ट परिवारको सहयोगमा स्मृति प्रतिष्ठानको स्थापना गरियको हो।
सामाजिक क्षेत्र तथा लामो समय शिक्षण पेसामा समेत रहेका भट्ट को सम्झना तथा ऊहाको अधुरो कामलाई पूर्णता दिनको लागि सथै आफ्नो गाऊ ठाउ मा समाज सेवा गर्नको लागि स्थापना गरियको स्वर्गीय भट्टका सुपुत्र हरि भट्टले बताएका छन्। जसमा
अध्यक्ष: टिका प्रसाद भट्ट
सह अध्यक्षल: सिताराम भट्ट
उपाध्यक्ष: प्रेम प्रसाद भट्ट
कोषाध्यक्ष: बिना अम्गाई भट्ट
सह कोषाध्यक्ष: बिजुला भट्ट अम्गाई
सचिब: राजेश कुमार भट्ट
सह सचिब: विष्णुहरि भट्ट
सदस्य: भीमा पराजुली भट्ट
सदस्य: गीता भट्ट
संस्थाको उदेश्यहरु:-
संस्थाको उद्देश्य देहाय बमोजिम रहनेछ
क. यो संस्था मुनाफा रहित, जनहितकारी सामाजिक संस्था हुनेछ ।
ख. यो संस्थाले पारिवारिक संकट र अफ्ट्यारोमा मद्दत पुर्याउनेछ ।
ग. यो संस्थाले पुर्खा र पारिवारिक कृति लाई चिरस्थायी बनाउन स्मृतिग्रन्थ वा अन्य कृति प्रकाशन गर्नेछ।
घ. यो संस्था जनहित र लोक कल्याण कार्यमा कटिबद्ध हुनेछ ।
ङ. यो संस्थाले पुर्खाहरु को मनोभावनाको कदर गर्दै सामाजिक सेवा गर्नेछ।
च. यो संस्थाले शिक्षाको उज्यालो घामबाट वन्चित वर्ग, समुदाय व्यक्तिको शैक्षिक उन्नयनमा सहयोग गर्नेछ ।
च. यो संस्थाले शैक्षिक र स्वास्थ संस्थाको प्रवर्द्धन र विकासमा सहयोग गर्नेछ ।
संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरु:– यस संस्थाले उपरोक्त उद्देश्यहरु प्राप्त गर्न देहायका कार्यहरु गर्नेछः-
क. संस्थाले प्रचलित नेपाल कानून बमोजिम सम्बन्धित निकायबाट अनुमति वा इजाजत प्राप्त गरी आफ्ना उद्देश्यहरु कार्यान्वयन गर्नेछ ।
ख. आवश्यकता अनुसार थप गर्न सकिनेछ ।यस अघि भट्ट ले हजुरबुबाको नाममा लन्डनमा छाया कियरको स्थापना गरिसकेका छन।










































