Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१९:२४ दिउँसो
- ADVERTISEMENT -

नेपाल इञ्जिनियर्स एसोसिएसनको चुनावमा कांग्रेसनिकट विजयी

प्रकाशित मिति: २०८१ भदौ ३०, आइतबार

181
Shares

इञ्जिनियरहरूको छाता संस्था नेपाल इञ्जिनियर्स एसोसिएसनको निर्वाचनमा नेपाली कांग्रेसनिकट उम्मेदवारहरू निर्वाचित भएका छन्।

शनिबार भएको निर्वाचनमा कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) का अधिकांश उम्मेदवार निर्वाचित भएका हुन्।

अध्यक्षमा सुवासचन्द्र बराल निर्वाचित भएका छन्। दुई दशकदेखि ऊर्जा क्षेत्रमा सक्रिय रहेका उनी चितवनका हुन्।

अध्यक्ष पदमा ६ जनाको उम्मेदवारी परेको थियो।

बरालले ४ हजार ८ सय ४२ मत ल्याएर विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेले २ हजार ८ सय १० मत ल्याएका थिए।

अध्यक्षका उम्मेदवार राजेन्द्र हाडाले १३४, रामेश्वरप्रसाद कलवाले १५७, दीपक श्रेष्ठले ३६२, नन्दलाल बन्जाडेले १६४ मत ल्याएका थिए।

सहअध्यक्षमा ७ जना उम्मेदवार रहेकोमा प्रकाश केसी ४ हजार ४ सय ७१ मतसहित निर्वाचित भएका छन्। 

महासचिवमा ६ जना उम्मेदवार रहेकोमा विनोदप्रकाश पण्डित चार हजार ६८ मतसहित विजयी भए भने उपमहासचिवमा ७ जना उम्मेदवार रहेकोमा अनिल मानन्धर ४ हजार १ सय ३ मतसहित विजयी भएका छन्।

७ जना उम्मेदवार रहेको कोषाध्यक्षमा सुमन थापा ३ हजार ८ सय ७४ र ७ जना उम्मेदवार रहेको सहकोषाध्यक्षमा कृष्णप्रसाद पोख्रेल ४ हजार २ सय ५४ मतसहित विजयी भएका हुन्।

सदस्यमा रामकृष्ण पौडेल, प्रभुराम पोखरेल, एमेन्द्र गुरुङ, अनिल पौडेल, सञ्जयकुमार शाह, नेत्रप्रसाद देवकोटा, भैरव धिताल, सुजन श्रेष्ठ, लोकेन्द्र अधिकारी, विक्रमकुमार दास, प्रियङ्का गुप्ता र जयकिसुन राय विजयी भएका छन्।

२५ सदस्यीय केन्द्रीय समितिमा सिडेनबाहिरका ३ जनाले जितेका छन्।

कांग्रेसनिकट सिडेनका उम्मेवार संघ, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा विजयी भए भने झिनो मतान्तरले मधेसको अध्यक्षमा पराजित भएका छन्।

459311883_501081489296206_8786237743745511498_n-1726376633.jpg

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -