काठमाडौँ । ‘मिस ग्रान्ड सुप्रा ग्लोवल नेपाल २०२४’ को उपाधि आँबुखैरेनी तनहुकी आईसा गौतमले जितेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘मिस ग्राण्ड नेपाल २०२४’ को मञ्चमा एकसाथ ३ विजेता छानिएकोमा आईसा गौतमले मिस सुप्रा ग्लोवल नेपालको ताज पहिरेकी थिईन्।
आइसा गौतम ‘मिस सुप्रा ग्लोबल’ बने लगतै आउदो कार्तिकमा नेपालको झन्डा अन्तराष्ट्रिय मन्चमा फर – फराउने तयारीमा छिन्। प्रतियोगितामा गौतमले नगद पुरस्कार, सुनको थान्का, लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बाट एक बर्षको टम लाइफ इन्स्योरेन्स, नेपाली चलचित्रमा अभिनय गर्ने अवसरका साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
आर.के. इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा संचालन भएको सो प्रतियोगितामा सेन्ट्रल फेसन हब कोटेश्वोर र कुपन्डोलका फेसन डिजाइनर, बिधार्थीहरुले फिनाले वार्डरोब तयार पारेका थिए जस्मा डिजाइनर, नविन लुइँटेलको निर्देशन थियो ।








































