Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:२२:५५ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्रीले – सातै प्रदेशमा क्यान्सर उपचार सेवा बिस्तार भए संगै स्वास्थ्य मन्त्रीलाई दिए धन्यवाद 

प्रकाशित मिति: २०८१ साउन ३०, बुधबार

569
Shares

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका सातवटै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि ल्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले खुशी व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई निर्णयमा अग्रसरता लिएकोमा धन्यवाद दिँदै सामाजिक सञ्जालमा सबै प्रदेशमा क्यान्सर उपचार विस्तार हुन लागेको जानकारी दिएका छन्।

‘आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ पारित गरेपछि सबै प्रदेशमा क्यान्सर उपचारको सेवा विस्तार हुने भएको छ,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘निर्णयमा अग्रसरता लिनु भएकोमा स्वास्थ्यमन्त्री माननीय प्रदीप पौडेललाई धन्यवाद!’

प्रधानमन्त्रीले लेखेको विषयलाई सेयर गर्दै स्वास्थ्य मन्त्री पौडेलले लेखेका छन्, ‘स्वास्थ्य सेवा सुधारका लागि सम्माननीय प्रधानमन्त्रीज्यूको साथ सहयोग प्रति अत्यन्तै आभारी छु। यहाँको हौसला र मार्गदर्शनले स्वास्थ्य क्षेत्र सुधारका लागि थप उर्जा मिलेको महसुस गरेको छु।’

हाल सरकारी सेवा तर्फ बागमती र लुम्बिनी प्रदेशमा मात्र क्यान्सर उपचार सेवाका लागि छुट्टै अस्पताल सञ्चालनमा छन्। बाँकी रहेका पाँच प्रदेशमा क्यान्सर उपचारका लागि छुट्टै व्यवस्था नभएको भन्दै मन्त्री पौडेलले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार निर्णय गरेको थिए। सोही अनुसार मन्त्री पौडेलले बुधबार अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गरेका छन्।

मन्त्री पौडेलले पदभार सम्हालेलगत्तै गत असार ३१ गते आफ्नो पहिलो निर्णयमा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेका थिए। रणनीतिले सातवटै प्रदेशमा क्यान्सरको परीक्षण तथा निदान गर्ने लक्ष्य लिएको थियो। त्यसको एक महिनाभित्रै बुधबार मन्त्री पौडेलले कार्यविधि स्वीकृत गरेका हुन्।

कार्यविधि स्वीकृत भए पछि चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल तथा नेपालगञ्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले देशका अन्य भागमा विस्तारित क्यान्सर उपचार सेवा उपलब्ध गराउने भएका छन्।

कार्यविधिअनुसार भक्तपुर क्यान्सर अस्पतालले कोशी प्रदेशमा विराटनगर अस्पताल र मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्जमा क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउनेछ।

यसैगरी, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदुरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध गराउनेछ।

यससँगै देशका सातवटै प्रदेशमा क्यान्सर उपचारसम्बन्धी सेवाको पहुँच विस्तार भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

मन्त्री पौडेलले गत आइतबार सार्वजनिक गरेको प्राथमिकता तथा योजनामा सातै प्रदेशमा क्यान्सर रोग उपचार सेवा विस्तार गरिने उल्लेख गरेका थिए । त्यसलगत्तै बुधबार उनले मन्त्रीस्तरीय निर्णयमार्फत यससम्बन्धी कार्यविधि स्वीकृत गरेका हुन्।

‘आम नागरिकले सहज तरिकाले क्यान्सर उपचार सेवा पाउने गरि यसको विस्तार गर्ने हाम्रो नीति हो, यसै अनुरुप विस्तारको कार्यलाई प्राथमिकतामा राखेर काम गरेका हौँ, संघीय अस्पतालको सेवा विस्तारसँगै अब आम नागरिकको क्यान्सर उपचार सेवा पहुँच सहज हुने विश्वास लिएको छु’ मन्त्री पौडेलले भने।

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डाक्टर कृष्ण पौडेलले अब बिरामीहरुले संघीय क्यान्सर अस्पतालको सेवा नै विस्तारित अस्पतालबाट पाउने भएकाले खर्च र समय दुवै बचत हुने बताए । अब सेवा विस्तार भएका अस्पतालको सेवा र गुणस्तरमा समेत थप सहायता पाउनेछन्।

स्याटेलाइट क्लिनिक तथा आफ्ना दक्ष जनशक्तिसमेत पठाएर विस्तारित अस्पतालमार्फत सेवा दिइने भएकाले यो प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे।

अहिले संघ मातहतका तीन अस्पतालले मात्र क्यान्सर उपचार सेवा उपलब्ध गराउँदै आएका छन् । तर, कार्यविधि स्वीकृत भएसँगै ती अस्पतालले तत्काल सेवा उपलब्ध गराउन प्रक्रिया थाल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -