Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४६:५० बिहान
- ADVERTISEMENT -

“छोरी भर जन्मनु” बोलको तिजको मौलिकता बोकेको गीतको चर्चा (भिडियो सहित)

प्रकाशित मिति: २०८१ साउन २०, आइतबार

211
Shares

सात वटी छोरी जन्मिसक्दा पनी छोराको चाहना राख्नेहरू अझै पनी छन् । कुल र बशं धान्न पनी छोरो चाहीने एक रुढी बादी परम्परा अझै गडेको छ । सात वटी छोरी मध्य स्यानी कान्छी छोरीको विवाह एक जडीयॉ अबुझ केटासँग हुन्छ । ती स्यानी कान्छीको कर्मले पोइ मात्र हैन सासू पनी निकै रुखो स्वभाव र दुर्जन व्यवहारको पाउँछिन् । शुक्रवार बाबा ईन्टरटेनमेन्ट टिभी च्यानलबाट सार्वजनिक गरिएको तिज गीत “छोरी भ’र जन्मनु” मा उक्त कथा सहितको भिडियो समावेश छ ।

उक्त गीतका शब्द र गीत म्याग्दीमा जन्मिएर कतारलाई कर्मथलो बनाउदै आएका सञ्चारकर्मी तथा गीतसङ्गीत व्यवसायी तिलु शर्मा पौडेल र पर्वतमा जन्मिएर क्यानडालाई कर्मथलो बनाउदै आएका गायक तथा सर्जक प्रवेश पौडेलले मिलेर सङ्कलन गरेका हुन । पछिल्लो समयकी व्यस्त तथा सफल गायिका शान्ति श्री परियारले आवाज भरेको उक्त गीतको संगीत संयोजन याम थापा मगरले गरेका हुन ।

बुहारीका रूपमा स्मारिका ढकालको केन्द्रीय भूमिका रहेको गीतको भिडियोमा अंशु थापा महर्जनले सासूको भूमिकामा अभिनय गरेकी छिन । सन्ध्या अर्यालले जेठी छोरी (नर्स) र वर्षा लम्सालले कलेज पढ्दै गरेकी कान्छी छोरीको भूमिका निभाएकी छिन ।

पछिल्लो समयका अति व्यस्त निर्देशक प्रवीण थापाको कथा तथा क्रोरियोग्राफीमा तयार भएको भिडियोलाई अजय रेग्मीले खिचेका हुन भने अमृत चॉपागाईले सम्पादन गरेका छन् । छोरी भएर जन्मनु कुन जुनीको पाप हो भन्दै सुरु हुने कथा छोरी र बुहारी बिच भिन्नता देख्न नहुने, नारी सबै एकै हुन भन्ने सन्देश मूलक कथामा सहित समावेश गरिएको छ । भाग दुई बनाउने लक्ष्य सहित भिडियोको अन्त्यमा माइतीको आगनीमा नाच्दै आफ्नो पिडा सुनाउँदै गरेकी बुहारी एक्कासि बेहोस हुँदै ढल्छिन् । सरल र आकर्षक भिडियोमा केही सस्पेन्स क्रियट गर्दै अन्त्यमा टु बि कन्टीन्युमा लगेर कथा तथा भिडियोको समापन गरेका छन्।

Video Link:

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -