पछिल्लो समय एक पछि नेपाली सांगीतिक बजारमा एक पछि अर्को गरि लगातार तीज गीतहरु आइरहेका छन्। यसैक्रममा मन्जु बिकको तीज गीत “मितिनी ज्यू” बोलको गीत सार्वजनिक भएको छ। गीतमा माया पिरतीका कुराहरुलाई पर्दा मार्फत गीतको भाब व्यक्त गरेका छन्। केहि समय यता हेर्ने हो भने माया प्रेमका गीत सर्बाधिक चर्चामा रहन सफल भएका छन्।
राजु सुनामको शब्द/संगीत,एरेन्ज रहेको “मितिनी ज्यू” बोलको गीतको यती बेला व्यापक चर्चा छ। गीतमा वहुचर्चित लोकप्रिय गायिका शिला आले मगर,मन्जु बिक, सिमा सरु र पार्वती परियारको सुमधुर आवाज रहेको छ भने टिका सानु,सलिना नेपाली, रबिना भण्डारी र अन्जली बिक फिचरमा छन् ।
निशान बानियाको निर्देशन अमर म्याक्सको कोरियोग्राफी र सुरेश श्रेष्ठको छायांकन रहेको छ।
मन्जु बिकको अफिसियल युटुबमा भिडियो हेर्नुहोस।








































