Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३९:३२ दिउँसो
- ADVERTISEMENT -

एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्ड नैतिक दबाबमा

प्रकाशित मिति: २०८१ असार २०, बिहीबार

273
Shares

 सत्ता साझेदार मुख्य दल नेकपा एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नैतिक सङ्कटमा पर्नुभएको छ । सोमवार राति कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेपछि मंगलवार बसेको माओवादी बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने र संसदमा विश्वासको मतको सामना गर्ने निर्णय गरेको थियो । तर हिजो एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री थप दबाबमा पर्नुभएको छ ।

अब राजीनामा दिने या संसदमा विश्वासको मतको सामना गर्ने विकल्प प्रधानमन्त्रीसँग छ । एमालेले सरकार छाडेपछि प्रधानमन्त्री अल्पमतमा पर्नुभएको छ र अब उहाँले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । यसअघि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुभन्दा प्रधानमन्त्रीलाई मार्गप्रशस्त गरिदिन हिजोसम्मको समय दिएको थियो । तर प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । त्यसलगत्तै मन्त्रीहरूले राजीनामा दिएका हुन् ।

कांग्रेसले पनि राजीनामा दिएर नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीसँग आग्रह गरिसकेको छ । संसदका मुख्य दुई दलले संविधानको धारा ७६(२) बमोजिम केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भइसकेकोमा प्रतिनिधिसभाको बहुमत स्पष्ट देखिएको अवस्थालाई मध्यनजर गरी प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न उचित हुने कांग्रेसको ठहर छ ।

कांग्रेस र एमालेले राजनीतिक स्थायित्व, आर्थिक विकास, समृद्धि र सुशासनका लागि राष्ट्रिय सहमतिको सरकार बनाउन सहयोग गर्न अरु दलसँग पनि आह्वान गरेका छन् । प्रतिनिधिसभामा आठ सिट भएको लोसपाले नयाँ समीकरणलाई समर्थन गर्ने निर्णय गरिसकेको छ । १४ सिट भएको राप्रपा, सात सिटको जसपा, छ सांसद रहेको जनमत पार्टी र पाँच सिट भएको जसपा नेपाल पनि नयाँ गठबन्धनप्रति सकारात्मक छन् । तर उनीहरूले औपचारिक निर्णय भने लिइसकेका छैनन् ।

प्रतिनिधिसभामा ३२ सिट रहेको माओवादी र २१ सिट रहेको रास्वपाले विपक्षमा बस्ने निर्णय गरिसकेका छन् । १० सिट भएको एकीकृत समाजवादी, चार सिट भएको नागरिक उन्मुक्ति पार्टी, एक/एक सिट भएका जनमोर्चा, नेमकिपा र आम जनता पार्टी तथा दुई स्वतन्त्र सांसदले पनि निर्णय गरिसकेका छैनन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -