गोरखा, २९ बैशाख २०७६ । शहिद लखन गाउँपालिका –७ बुंकोटमा रहेको शहिद स्मृती माध्यामिक विद्यालयका लेखापाल रेशम विश्वकर्माले आर्थिक हिनामिना गरेको घटना प्रति नेबिसंघले ध्यानाकर्षण जनाएको छ ।
शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दै नेबिसंघका जिल्ला सभापती सुबास अधिकारीले विद्यालयमा त्यक्ति ठुलो रकम हिनाहिना हुँदा पनि प्रअ र प्रशासन समेत बेखबर हुनुले मिलेमोतोको आशंका समेत उब्जाएको बताएका छन् । उक्त विषयमा छानबिन गरी दोषीलाई तत्कालन कारवाही गर्न नेबिसंघले माग गरेको छ ।
उक्त विद्यालयका लेखापाल विश्वर्कमाको नाममा २ लाख ९१ हजार ९ सय ४२ रुपैया बेरुजु देखाएको छ । गत असार मसान्तभित्रै बैंक दाखिला हुनुपर्ने सो रकम हालसम्म विद्यालय ब्यवस्थापन समिति, प्रधानाध्यापक लाई समेत जानकारी नदिई विश्वकर्माले आफुखुसी चलाएको भेटिएको छ ।









































