Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३८:४९ दिउँसो
- ADVERTISEMENT -

अशिम कटुवालको ‘तिमी मेरो है सानु’ बजारमा

प्रकाशित मिति: २०८१ असार २, आइतबार

316
Shares

नेपाली गीत संगीतमा व्यावसायिकता नभएता पनि कयौं कलाकारको त्यागले यस क्षेत्रको सम्वृद्धि भैरहेको छ । यो हुँदा कतिन्जेल सम्म आफ्नो लगानी खन्याउने भन्ने अन्यौलता कलाकारमा उच्च छ । निकै चर्चामा आएका पहिलेका कलाकार अहिले धेरै पलायन भैसकेका छन् । यसरी गुमनाम हुनु भनेको यस क्षेत्रमा नभएको व्यावसायिकता नै हो ।

यस्तो अवस्थामा पनि स्थायी घर दोलखा भएका लोकप्रिय गायक तथा सर्जक अशिम कुमार कटुवालले निरन्तर आफ्नो कर्म गरिरहेका छन् । उनिद्वारा तयार भएका विभिन्न गीत संगीतहरु अशंख्य श्रोता तथा दर्शकहरु माझ आज पनि उत्तिकै लोकप्रिय छन् । अशिमको निरन्तरता र त्यागले पनि हुनसक्छ, अहिले उनि स्टेज कार्यक्रमहरुबाट धेरथोर आफ्नो गीत संगीतमा गरेको लगानी उठाउन सक्ने भएका छन् ।

उनै अशिम कुमार कटुवालको प्रस्तुतिमा पछिल्लो समय लोक दोहोरी गीत “तिमि मेरो है सानु” सार्वजनिक भएको छ । उनको यस गीतमा अशिम कुमार कटुवाल र कल्पना पराजुलीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय गायक स्वयम् ले भरेका हुन् भने शब्द प्रेम ढुंगानाको रहेको छ ।

अशिम कुमार कटुवाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतको म्युजिक भिडियोमा बिजय पुन र जुनु एस डी को आकर्षक अभिनय देख्न सकिन्छ । निरेन श्रेष्ठद्वारा निर्देशित भिडियोलाई कोरियोग्राफी नितिन वाइवा, छायांकन चक्र बराल र सम्पादन अमृत चापागाईंले गरेका छन् । गायक तथा सर्जक अशिमले पहिलेका आफ्ना प्रस्तुतिलाई झैं यस गीतलाई पनि अशंख्य श्रोता तथा दर्शकहरुले माया गरिदिनुहुने कुरामा बिश्वास व्यक्त गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -