Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०७:४४ दिउँसो
- ADVERTISEMENT -

चीनमा २३ वर्षीय युवतीले गरिन् ८० वर्षको वृद्धसँग बिहे

एक २३ वर्षीय युवतीले नर्सिङ

प्रकाशित मिति: २०८१ जेठ ३१, बिहीबार

169
Shares

चीनको हेपेई प्रान्तमा एक २३ वर्षीय युवतीले नर्सिङ  होममा भेटेको ८० वर्षीय पुरुषसँग बिहे गरेपछि सामाजिक सञ्जालमा बहस चर्किएको छ । हेपेई प्रान्तको नर्सिङ होममा स्वयंसेवकको रूपमा काम गरिरहेको समयमा सियाओफाङ (छद्म नाम)ले लि (छद्म नाम)लाई भेटेकी थिइन् । लि सोही नर्सिङ गृहमा बस्दै आएका थिए । दुवैले एक अर्काको कयौँ रुचि र आनीबानी मिलेको पाए । समय बित्दै जाँदा मित्रता प्रेममा परिणत भयो ।

तर यो  प्रेम सम्बन्धलाई युवतिको घरपरिवारले स्वीकार गरेन । हुन् पनि हजुरबुबाको उमेरका पुरुषलाई छोरीको प्रेमीको रूपमा स्वीकार गर्नु पनि कसरी ? तर युवतिले लिले वृद्धलाई छोड्न मानिन् । बरु उसले घरपरिवारसँग सबै सम्बन्ध तोडेर लिसँग बस्न थालिन् । दुवैले साधारण समारोहमा हालै बिहे पनि गरेका छन् । तर यो वैवाहिक समारोहमा बेहुला र बेहुली दुबै पक्षका कोही पनि सहभागी भएका थिएनन् ।

सियाओफाङ र लिको प्रेम कथाले अनलाइन गर्माएको छ । धेरैले युवतिलाई वृद्धाको पैसाका लागि बिहे गरेका भनिरहेका छन् । तर लि निकै बुढो र बारम्बार बिरामी पर्ने भएकोले युवति आफैँले काम गरेर दुवैको पेट भर्नु पर्ने स्थिति छ । केहीले भ्यु र अटेन्शनका लागि वयोवृद्धसँग बिहे गरेको पनि भनिरहेका छन् ।

सियाओफाङ बेला बेलामा सामाजिक सञ्जालमा आफू र लिको फोटो अनि भिडियोहरू पोस्ट गरिरहन्छिन् । उनीहरूको सम्बन्धबारे चिनियाँ समाज पनि विभाजित देखिन्छ । केहीले यसलाई उमेरले छेक्न नसकेको प्रेम सम्बन्ध भनेका छन् भने केही चाहिँ उमेर अन्तर अति नै धेरै भएको र उनीहरूबिचको प्रेम साँचो हुन नसक्ने बताइरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -