Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२३:५६ दिउँसो
- ADVERTISEMENT -

बेवारिसे महिलामाथि बलात्कार गरेर फरार युवक पक्राउ

प्रकाशित मिति: २०८१ जेठ ३०, बुधबार

178
Shares

सडकमा बेवारिसे भएर हिँड्ने महिलालाई जवरजस्तीकरणी गरेर फरार रहेका एक युवकलाई प्रहरीले सर्लाहीको जिरायतबाट पक्राउ गरेको छ ।

जेठ १३ गते बागमती नगरपालिका–४, जिरायतस्थित डाँडाटोलदेखि नयाँबस्तीतर्फ जाने सडक किनारमा एक महिला अचेत अवस्थामा फेला पर्नुभएको थियो । अन्दाजी ३५ वर्षीया ती महिलालाई तत्कालै प्रहरी पुगेर उद्धार गर्‍यो ।

महिलालाई प्रादेशिक अस्पताल मलङ्गवा लगेर उपचार गराउँदा आफूमाथि जवरजस्तीकरणी भएको बताउनुभयो । त्यसपछि घटनाको अनुसन्धानमा जुटेको प्रहरीले जवरजस्तीकरणीमा संलग्न बसबरिया गाउँपालिका–३, भवानीपुर मुसहरी टोल बस्ने ३५ वर्षीय रमण माझीलाई पक्राउ गरेको हो ।

माझीलाई बागमती नगरपालिका–४, स्थित मगर टोल–जिरायत सडकमा हिँडिरहेको अवस्थामा पक्राउ गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । माझीले अपराध स्वीकार गरेका प्रहरीको दाबी छ ।

जिरायत क्षेत्रमा मजदुरीको काम गर्ने माझीविरुद्ध सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार सिसी टिभी फूटेजका आधारमा अनुसन्धान गर्दै जाँदा माझीको उक्त घटनामा संलग्नता रहेको पुष्टी भएपछि नियन्त्रणमा लिइएको हो ।

पीडित महिलाको अहिले एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) वीरगन्जमा उपचार भइरहेको हरिवनका प्रहरी निरीक्षक गिरीले बताउनुभएको छ । मानसिक सन्तुलक ठीक नरहेको पीडित महिलाले आफ्नो घर सप्तरी बताए पनि एकीन हुन सकेको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -