Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२९:५५ दिउँसो
- ADVERTISEMENT -

मधेश प्रदेशमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन

प्रकाशित मिति: २०८१ जेठ २५, शुक्रबार

298
Shares

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । आज मुख्यमन्त्रीमा नियुक्त सिंहले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट शपथ लिनुभयो ।

जनमत पार्टीका सांसद सिंह आज बिहान मात्रै मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । लगत्तै उहाँले नेकपा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्रीमा राजकुमार लेखी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा शत्रुधन सिंह र खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोद जयसवाललाई नियुक्त गर्नुभएको छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) बाट अर्थ मन्त्रीमा भरतप्रसाद साह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्रीमा युवराज भट्टराई, नेकपा (एकीकृत समाजवादी) बाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा गोविन्दबहादुर न्यौपाने र ऊर्जा तथा सिँचाइ मन्त्रीमा बेंची लुंगेली नियुक्त हुनुभएको छ । गृह, सञ्चार तथा कानुन मन्त्रीमा नेपाल सङ्घीय समाजवादी पार्टीकी विमला अन्सारी तरुन्नुम र श्रम तथा यातायात मन्त्रीमा नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह नियुक्त हुनुभएकाे छ ।

यसैगरी मधेश प्रदेशको मन्त्रिपरिषद्‍मा एमालेबाट स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा शारदा थापा, शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा केशव राय र जनमतकी रञ्जु खंगले विनाविभागीय राज्यमन्त्रीको शपथ लिनुभएको छ ।

जसपा नेपालका तर्फबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले अस्ति प्रदेश सभामा विश्वासको मत गुमाउनुभएको थियो । ६ दलका ५५ जना सांसदको समर्थनमा सिंह मधेश प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -