सन्दिप लामिछानेलाई विश्वकप खेल्नका लागि सरकारले आवश्यक पहल कदमी नलिएको भन्दै सरकारको आलोचना गरेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा आफैँ निशानामा परेका छन्।
जबरजस्ती करणी लागेर उच्च अदालतबाट सफाइ पाए पनि अमेरिका जारी टि ट्वान्टी विश्वकप क्रिकेटमा सहभागीता जनाउन अमेरिकी दूतावासले भिसा नदिएपछि लामिछानेले खेल्न पाएनन्। लामिछाने टिममा नहुँदा नेपालले नेदरल्याण्डस्सँगको खेल हारेको भन्दै खेलप्रेमीहरुले बताइ रहेका बेला सांस शर्माले बिहीबार संसदको विशेष सममया त्यहीँ विषय उठाए।
दुईपटकको प्रयासमा पनि अमेरिकाले लामिछानेलाई भिसा दिएन। सांसद शर्माले लामिछानेलाई खेल खेलाउनका लागि अदालतले निर्दोष सावित गरेपछि पनि क्रिकेटर सन्दीप लामिछाने विश्वकप खेल्न जान नपाएको भन्दै अमेरिका जान नपाउनुमा कहाँ कमजोरी भयो भनी परराष्ट्रमन्त्री र खेलकुदमन्त्रीसँग जवाफ माग गरेका थिए।
अदालतले गरेको फैसला सुसूचित गराएर भिसाको लागि वातावरण बनाउनुपर्नेमा सरकारले त्यसो गर्न नसकेको उनको भनाइ थियो।
‘नेपाली क्रिकेट टिम यसबेला विश्वकपको मैदानमा छ। हिजो आरोप लागिरहेको बेला शिरमा मुद्दा बोकेर मैदानमा उत्रिनुहुन्न हामी कयौंले भन्यौं। तर सम्मानित अदालतले निर्दोष साबित गरिसकेपछि यस बेलामा सन्दिप लामिछाने विश्वकपको मैदानमा हाम्रो प्रतिनिधित्व गरेर खेलिरहनुभएको अवस्था हुनुपथ्र्यो, शर्माले अगाडि भने, ‘आफ्नो खेलाडीको बारेमा अदालतले गरेको फैसला सुसूचित गरेर उनको भिसाको लागि वातावरण बनाउन सरकारले उचित पहल समयमै गरिनुपर्दथ्यो। यसमा कमजोरी कहाँ रह्यो? यो किन कमजोरी भयो?’
शिष्ट शैलीका शर्माले संसदमा यति कुरा राख्ने वित्तिकै उनी सामाजिक सञ्जालमा आलोचनाका तारो बनेका छन्। हजारौँ सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको अभिव्यक्ति सुहाउँदो नभएको टिप्पणी गरेका छन्।
जबरजस्ती करणीको गर्नेको पक्षमा उनी लागेको भन्दै कांग्रेसकै कार्यकर्ताहरुले समेत शर्मालाई आलोचनाको निशाना बनाइ रहेका छन्।
शर्माको भनाइप्रति आपत्ति जनाउँदै विशाल सिलवाल सामाजिक सञ्जाल एक्समा भन्छन्, ‘पक्राउ पुर्जी जारी भएपछि अमेरिकाको मायामिमै लुकेर रेड कर्नर नोटिस जारी भएपछि फर्किनु भएको ‘सर’लाई फलानो दूतावासले भिसा दिएन भनेर नेपालको संसदको गरिमालाई नै गटरमा नपुर्याएको भए हुन्थ्यो। सबै देशको ष्लकतष्तगतष्यलब िmझयचथ हाम्रो जस्तो ‘तोरी’ नै चाँहि हुँदैन है।’
त्यस्तै पत्रकार विपेन्द्र कार्कीले लोकरिझ्याइँका लागि बोल्नु राजनीतिमा हानिकारिक हुने उल्लेख गरेका छन्। उनले शर्मामाथि टिप्पणी गर्दै भनेका छन्, ‘राजनीति गर्नेका लागि लोकरिझ्याइ भनेको लागूऔषध भन्दा पनि कडा कुलत हो । यसले हानी गर्छ भन्ने थाहा हुँदाहुँदै पनि सेवन गरिरहन्छन्। यो कुलतबाट आफू त सिद्धिने नै हो, एउटा लोकतन्त्रवादी पार्टीलाई चाहिँ नसिध्याइदिए हुन्थ्यो भन्ने मात्र चिन्ता हो।’
दोस्रो दर्जाकी लुना नाम राखेकी एक युवतीले शर्माको भनाइले उनीप्रतिको धारणा नै फेरिएको उल्लेख गरेकी छिन्। ‘ यति झुर हुनुन्छ भन्ने लाग्या थेन विश्वप्रकाश जी, उनले भनेकी छिन्।
राप्रपाका सांसद ज्ञानबहादुर शाही सन्दिपलाई भिसा दिलाउ भन्दै भीडको नेतृत्व गरेर अमेरिकी दूतावास पुगेका थिए भने संसदमै पनि उनले सरकारको पहल नगरेको भन्दै चर्को आचोलना गरेका थिए। शाहीको अभिव्यक्तिले समाजमा खासै महत्व नपाए पनि त्यही विषयमा कांग्रेस महामन्त्री शर्माले बोलेपछि तरंग पैदा गरेको छ।
रञ्जित तामाङ बिहीबारको अभिव्यक्तिले शर्मालाई शाहीको दर्तामा पुर्याएको टिप्पणी गरेका छन्। तामाङ्ले एक्समा भने, ‘जिन्दगीमा गरेको एउटा नमिठो भूलः कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा ज्ञानबहादुर शाहीको थान्कोमा पुग्छन् भनेर कहिल्यै सोचिएको रहेनछ। ज्ञान समाप्त।’
त्यस्तै च्यवन नाम गरेका व्यक्तिले शर्माको भनाइलाई कांग्रेसको आधिकारिक हो भन्ने प्रश्न गरे। ‘अदालतबाट बलात्कार प्रमाणित (पछि आरोपित) को बारेमा नेपाली कांग्रेसको यो आधिकारिक धारणा हो? हो भने लज्जास्पद, उनले भनेका छन्।








































