भारतमा सत्तारूढ एनडीए गठबन्धनको नेतृत्व गर्दै तेस्रो पटक प्रधानमन्त्री बन्न लागेका मोदीले प्रधानमन्त्री प्रचण्डसँग बुधवार टेलिफोनमा कुराकानी गरेका थिए।
त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले आगामी कार्यकालका लागि मोदीलाई “न्यानो र आत्मीय शुभकामना” व्यक्त गरेको उनका एक सल्लाहकारले बताए।
मोदीको शपथग्रहण समारोहमा सहभागी हुन दिल्ली जाँदा यो कार्यकालमा प्रधानमन्त्री प्रचण्डको दोस्रो भारत भ्रमण हुने छ।
सन् २०१४ मा मोदीले शपथ लिँदा आयोजित विशेष समारोहमा तात्कालिक प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए।







































