Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५७:४२ दिउँसो
- ADVERTISEMENT -

बरु बाघ-भालु लैजानुहोस्, चिडियाखाना कुनै हालतमा सार्न दिँदैनौँ : ललितपुर नगरप्रमुख महर्जन

प्रकाशित मिति: २०८१ जेठ २३, बुधबार

317
Shares

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरको जावलाखेलमा रहेको नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको सदर चिडियाखाना भक्तपुरको सूर्य विनायकमा सार्न नदिने प्रस्ट पारेका छन् । 

बुधबार वातावरण दिवसको अवसर पारेर ललितपुरको जावालाखेलमा राष्ट्रिय प्राकृतिक संरक्षण कोषले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख महर्जनले महानगरले चिडियाखानाको विकासमा सहकार्य गर्दै आएको र थप गर्ने बताए ।  

यस्तै, उनले चिडियाखाना भित्र रहेको पोखरीमा पानीको मुहान सुकेको प्रति चिन्ता व्यक्त गरे । उक्त पोखरीको संरक्षण गर्न टिका भैरवबाट पानी ल्याएर पोखरीमा पानी हाल्ने महानगरको योजना टेन्डर प्रक्रियामा पुगेको जानकारी गराउँदै उनले उनले भने, ‘हामीले टेन्डर गरिसकेका छौँ त्यो मूल्याङ्कनको चरणमा छ । हामी टिका भैरवको पानी ल्याउँछौँ र त्यो सप्तपातल पोखरीमा भरिसकेपछि एउटा कूलो बनाएर चिडियाघरको बिचमा रहेको पोखरीमा हामी पानी ल्याउँछौँ भनेको थिए त्यो काम होला होला जस्तो भइरहेको छ ।’

चिडियाखानाको विकासका लागि राम्रो योजना बनाएर ल्याए सहकार्य गर्न महानगर तयार रहेको बताएका महर्जनले चिडियाखाना सूर्य विनायकमा सार्न भने नदिने दाबी गरे । ‘आज हाम्रो मन्त्रीज्यु पनि हुनुहुन्छ मैले यो कुरा भन्नै पर्ने हुन्छ, यो सरदर चिडियाखाना हामी सूर्य विनायकमा सार्न दिँदैनौ । तपाईँहरू अर्कै बनाउनुहोस् यहाँ बढी भएका बाघ भालु बरु लानुहोस् तर यो ठाउँ चाहिँ हामी सार्न दिँदैनौ,’ महर्जनले भने । 

राष्ट्रिय प्रकृति संरक्षण कोषले सन् २०११ मा जावलाखेलमा रहेको सदर चिडियाखाना साँघुरो भएका कारण जीव जनावर राख्नको लागि नयाँ र आधुनिक किसिमको  चिडियाखाना निर्माण गर्नुपर्ने आवश्यकता अध्ययन मार्फत औँल्याएको थियो । 

त्यसपछि २०७१ माघ १० गते मन्त्रिपरिषद् बैठकले भक्तपुरको सूर्य विनायकमा चिडियाखाना बनाउने निर्णय गरेको थियो । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ असार ३ गते उक्त आयोजनाको शिलान्यास समेत गरिसकेका छन्  तर, चिडियाखाना निर्माण योजनाले गति लिन सकेको छैन ।  

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -