उपप्राध्यापक डा. मोहन सुवेदी कोशी प्रदेश सरकारको आर्थिक सल्लाहकार नियुक्त भएका छन्।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनलाई आइतबार आर्थिक सल्लाहकार नियुक्त गरेका हुन्। डा. सुवेदी महेन्द्र मोरङ क्याम्पसका उपप्राध्यापक हुन्। उनले नेपालमा धितो पत्र व्यवहार विषयमा विद्यावारिधि गरेका छन्।
यसअघि उनले प्रदेश सरकारको राजस्व परामर्श समितिमा विज्ञका रूपमा काम गरिसकेका छन्। मुख्यमन्त्री कार्कीले यसअघि प्रमुख स्वकीय सचिवमा जीवन कार्की, प्रेस सल्लाहकारमा विक्रम लुइँटेल र जनसम्पर्क सल्लाहकारमा रवि खनाललाई नियुक्त गरिसकेका छन्।








































