जबरजस्ती करणी गरेको अभियोगमा भिमसेनथापा गाउँपालिका-२ बस्ने ४५ बर्षीय भगिरथ भन्ने कृष्ण प्रसाद सोडारीलाई प्रहरीले पक्राउ गरेको छ।
सोडारीमाथि सोही स्थानमा बस्ने १६ वर्षीय नाबालिकालाई एक्लै बारीमा घाँस काट्दै गरेको अवस्थामा बलजफ्ती समाती बारी नजिकै रहेको गोठमा लगी डर-त्रास तथा धाक-धम्की देखाई जबरजस्ती करणी गरेको आरोप छ।








































