Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५७:५० दिउँसो
- ADVERTISEMENT -

कांग्रेसले भन्यो– बजेट व्यापारीको सेटिङमा आयो

प्रकाशित मिति: २०८१ जेठ १५, मंगलबार

214
Shares

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेट व्यापारीको प्रभावमा परेर आएको बताएका छन् । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेपछि कांग्रेस प्रवक्ता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले व्यापारीको सेटिङमा स्याउ, आलु र प्याजमा लगाएको भ्याट हटाइएको आरोप लगाए ।

‘व्यापारीको सेटिङको प्रभावमा आलु, प्याज र स्वायमाथिको भ्याट हटाउने काम भयो,’ उनले भने । 

यस्तै स्याउ, आलु र प्याजमा लगाएको भ्याट हटाएर स्वदेशी उत्पादन बढ्छ भन्नु सिँधै झुटो कुरा भएको उनको भनाइ छ । ‘हामीले आन्तरिक उत्पादनमा होइन भन्सारमा कर लगाउने भनेको थियौँ । भन्सारमा भ्याट लगाउँदा बाहिरबाट आउने उत्पादन महँगो हुन्छ र स्वदेशी उत्पादन प्रतिस्पर्धी हुन्छ भनेर लगाइएको थियो । त्यो हटाएपछि आन्तरिक उत्पादनले कसरी प्रतिस्पर्धा गर्छ ,’ महतले भने ।

सरकारले आफ्ना समर्थकहरूको क्षेत्रमा बजेट यथेस्ट विनियोजन गरेको भन्दै पुराना धेरै आयोजना अलपत्र हुने पूर्वअर्थमन्त्री महतले बताए । यद्यपि ठुलो बजेट बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चाहनामा केही ब्रेक लागेको उनले बताए । ‘तर,पनि यो वास्तविकताभन्दा माथि छ । उहाँहरूले सुधारको प्रारम्भ गर्छौँ भन्नु भएको छ । बजेटरी प्रक्रियामा सुधारका केही पनि कुरा उल्लेख छैनन् । सबैभन्दा ठुलो बजेटमा जे बेथिति थियो । त्यसलाई हामीले कार्यविधि बनाएर ३ करोडभन्दा तलको आयोजना नराख्ने भनेका थियौँ । त्यसमा उहाँ मौन हुनुहुन्छ,’ महतले भने ।

३ करोडको कार्यविधिलाई वर्तमान सरकारले तिलाञ्जली दिइसकेको उनको बुझाइ छ । ‘यी कुराहरू हिँड्न छन् । सुधारको बाटोमा जाँदैछौँ भन्नु भएको छ । सुधार कहाँ गर्दै हुनुहुन्छ केही पनि थाहा छैन । बजेटरी सुधार हुने कुनै छनक देखेको छैन । बजेटका वितरणमुखी विषयवस्तु छोपिएको छ । कृषि क्षेत्रमा उत्पादनमा आधारित अनुदान दिने कुरा गरेका थियौँ । त्यो उहाँहरूले छोडिसक्नु भएको छ,’ उनले भने ।

वर्तमान सरकारको कार्यशैलीबाट विदेशी लगानी आउने सम्भावना रहेको महतले बताए । ‘हामीले धेरै आर्थिक वृद्धि हुन्छ भनेर नहौसिनुहोस् भनेका थियौँ । यद्यपि ६ प्रतिशत आर्थिक वृद्धिदर हुने सम्भावना छैन । सरकारले ६ प्रतिशत भन्नै हुँदैन भन्न मिल्दैन,’ उनी भन्छन् ।

बजेटमा उल्लेख भएका विषयबाट परिणाम आउने अवस्था नरहेको उनको भनाइ छ । ‘बनेटरी स्टिमलाई अनुशासनमा ल्याउने  बाटोमा हामी जान खोजेका थियौँ । त्यो बाटोलाई अवरुद्ध गर्नु भएको छ । त्यसले नेपाल ठुलो अप्ठ्यरोमा पर्छ ,’ महतले भने । यो बजेट धेरै उत्साहित हुने ठाउँ नरहेको उनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -