संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)मा सहमति जुट्न नसकेपछि आइतवार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अनिश्चित बनेको छ ।
नेपाली कांग्रेससहितका विपक्षी दलले संसदीय छानबिन समितिको टीओआरमा सहमति नजुट्दासम्म बैठक नचलाउन आग्रह गरेका छन् । विपक्षीको आग्रहपछि प्रतिनिधिसभा बैठक अनिश्चित बनेको छ ।








































