नबील बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त भएका छन् ।
बैंकको जेठ २ गते बसेको संचालक समितीको बैठकले ढुङ्गानालाई सिइओ पदमा पुनः नियुक्त गरेको हो । उक्त पदमा २०८१ असार १७ गतेदेखि लागु हुने गरी २ वर्षको लागि नियुक्त गरेको बैकले जानकारी दिएको छ ।









































