Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५४:२१ दिउँसो
- ADVERTISEMENT -

सभामुखसँग कांग्रेसले भन्यो : नीति तथा कार्यक्रमपछि संसद्‍मा विरोध जारी रहन्छ

प्रकाशित मिति: २०८१ जेठ १, मंगलबार

258
Shares

नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संसद् अवरोध कायम राख्ने स्पष्ट पारेको छ ।  मंगलबार सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूको बैठकमा कांग्रेसले सो कुरा बताएको हो ।

बैठकमा कांग्रेसकी सचेतक सुशीला थिङले पार्टीको संसदीय दलले आज नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने निर्णय गरेको जानकारी दिएकी थिइन् । तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहने उनको भनाई थियो । ’छानबिन समिति नबनेसम्म हाम्रो संसदीय विरोध कार्यक्रम रहिरहन्छ,’ थिङले भनिन् ।

यसअघि सभामुख घिमिरेले दलहरूबिच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफलका साथै आगामी बैठकहरू र बजेट प्रभावित हुने अवस्था आउनु राम्रो नभएको बताएका थिए । राजनीतिक दलहरूबिच सहमति नहुँदा संसद्का बिजनेस प्रभावित हुने देखिएकोमा घिमिरेले चिन्ता व्यक्ता गरेका थिए । संवैधानिक सङ्कट हुने अवस्था आउन नदिन दलहरूलाई उनको आग्रह थियो ।

बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संसद् बैठकमा गृहमन्त्री रवि लामिछानेले बोल्न पाउनुपर्ने माग दोहोर्‍याएका थिए । ‘गृहमन्त्रीलाई गएको बैठकमा सभामुखले बोल्न समय दिनुभएको थियो । बोल्न पाउनुभएको छैन । आजको बैठकमा त्यसको निरन्तरता स्वरूप बोल्न दिनुपर्छ । गृहमन्त्रीले बोल्न पाउनुपर्छ,’ परियारले भने । उनले धन्यवाद प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्स पूरा नहुने स्मरण गराउँदै कांग्रेसलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेका थिए ।

बैठकमा सभामुखले आजको संयुक्त सदन र प्रतिनिधि सभाको बैठकका कार्यसूचीबारे जानकारी दिएका थिए । उनले नीति तथा कार्यक्रममाथिको छलफलको तयारीबारे पनि जानकारी गराएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -