Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:०१:५२ बिहान
- ADVERTISEMENT -

सदनको गतिरोध अन्त्य गर्न आज सघन छलफल हुन्छ : प्रधानमन्त्री

प्रकाशित मिति: २०८१ वैशाख ३१, सोमबार

212
Shares

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक गतिरोध अन्त्यका लागि आज दलहरूबीच सघन छलफल हुने बताएका छन् ।

पूर्वी चितवनका कार्यकर्तासँगको भेटमा सोमबार प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरूबीच अनौपचारिक एवं औपचारिक रूपमा छलफल भइरहेकाले छिट्टै निष्कर्षमा पुगिने बताएका हुन् ।

‘सदनको गतिरोध अन्त्य भइसकेको छैन । आज यसबारे हामी टुङ्गोमा पुग्नुपर्नेछ । त्यसैले दलहरूबीच सघन छलफल हुन्छ,’ प्रधानमन्त्रीले भने ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध गर्दै आइरहेको छ । भोलि, मंगलबार संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ

तर दलहरूबीच अहिलेसम्म सदन चलाउने विषयमा सहमति भएको छैन ।

प्रधानमन्त्रीले सत्ता समीकरणमा कुनै समस्या नरहेको पनि बताएका छन् । उनले भने, ‘सरकारको स्थिरतामा कुनै समस्या छैन । अहिलेको समीकरण पूरै कार्यकाल जान्छ । सहमतिअनुसार मिलेर अघि बढ्छौं ।’

उनले नीति तथा कार्यक्रम र बजेटबीच सन्तुलन कायम गरी जनताका आकांक्षालाई सम्बोधन गरिने बताए । ‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबीच सन्तुलन कायम गरिनेछ । यसले रोजगारी सिर्जना र उत्पादकत्व वृद्धिमा ठूलो भूमिका खेल्ने विश्वास लिएका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -