। ललितपुर महानगरपालिकामा कवाडी कर उठाउने जिम्मा पाएको ठेकेदार कम्पनीका सञ्चालकसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीमाथि हातपात गरेको आरोपमा इन्द्रेणी हार्डवेयर एन्ड सेनेटरी वेयर प्रालिका सञ्चालक रोशन चौधरीसहित ठेकेदार कम्पनीका कर्मचारीहरू गुमान विक्रम खत्री, प्रकाश बस्नते र श्याम ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कवाडी करको विषयमा विवाद हुँदा ठेकेदार कम्पनीका सञ्चालक चौधरीसहितका कर्मचारीले आफूहरूमाथि हातपात गरेको आरोप चुनढुंगा सप्लायर्सका कर्मचारीको छ ।








































