Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५०:१४ दिउँसो
- ADVERTISEMENT -

आज साँझसम्म छानबिन समिति बन्ने कांग्रेसको अपेक्षा

प्रकाशित मिति: २०८१ वैशाख ३१, सोमबार

243
Shares

 नेपाली कांग्रेसको शीर्ष नेताको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छानबिन समिति बनाउने अपेक्षा राख्दै टुंगिएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सोमबार बिहान बसेको बैठकले साँझसम्म प्रधानमन्त्री प्रचण्डले छानबिन समिति बनाउने निर्णय लिने आशा राखेको छ ।

‘छानबिन समिति बनाउन प्रधानमन्त्रीलाई खासै आपत्ति छैन । एमालेको पोजिसन छानबिन समिति बन्नै नदिने छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘प्रधानमन्त्रीसँग हाम्रो आशा भएर नै आजको संसदीय दलको बैठक सारिएको हो ।’

सोमबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको संसदीय दलको बैठक मंगलबार बिहानका लागि सारिएको छ । बैठकमा सोमबार साँझसम्म छानविन समिति बनाउने गरी प्रधानमन्त्रीले पहल लिने अपेक्षा सहितको छलफल भएको थियो । ‘प्रधानमन्त्रीले आज साँझसम्म कांग्रेसलाई बोलाएर छानविन समितिका बारेमा समझदारी गराउने हाम्रो आशा छ । बैठकमा त्यसै वरिपरि छलफल भयो,’ ती नेताले भने ।

कांग्रेस बैठकमा सत्तारुढ दलमा एमाले बाहेक अन्य दल छानबिन समितिको चर्को विरोधी नरहेको छलफल भएको थियो । ‘रास्वपा आफैं छानबिन समितिका लागि सकरात्मक देखिएको छ भने केपी ओलीले अब के भनेर रोक्ने हो त?’ उनले भने ।

संसदीय छानबिन समितिको पूर्व अडानबाट पछि कांग्रेस नहट्ने निर्णय भएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी गराए । बैठक पछि प्रतिक्रिया दिँदै महतले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुन दिने/नदिनेबारे संसदीय दलको भोलि बस्ने बैठकले निर्णय लिने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -