मधेस प्रदेश सरकारबाट नेकपा एमाले पनि बाहिरिएको छ । एमालेका मन्त्रीहरूले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएका हुन् ।
प्रदेश सरकारमा एमालेका पाँच मन्त्री र दुई राज्यमन्त्री थिए ।
यसअघि आजै नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले पनि राजीनामा दिएका थिए । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।








































