Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०३:४५ बिहान
- ADVERTISEMENT -

साढे ५ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

प्रकाशित मिति: २०८१ वैशाख २७, बिहीबार

173
Shares

साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.६३  अंकले बढेर १ हजार ९ सय ६६.२३ अंकमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.२८ प्रतिशतले बढी हो । यो साता भएका पाँच कारोबार दिनमध्ये तीन दिन नेप्से घट्यो भने दुई दिन बढ्यो ।

घटेको दिनमा नेप्से प्रायः दोहोरो अंकले ओरालो लागेको छ भने बढ्दा झिनो अंकले बढ्ने गरेको छ । यसले समग्रमा नेप्से बढ्न नसकेको देखिन्छ ।

बिहीबार कारोबारमा आएकामध्ये १ सय १५ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १ सय १५ वटाको घट्यो र बाँकी १४ वटा कम्पनीको सेयरमूल्य स्थिर छ ।

नेप्से परिसूचक सामान्य अंकले बढेपनि बिहीबार कारोबार रकम पनि बढेको छ । उक्त दिन ४९ हजार ३ सय ३२ पटकको कारोबारबाट ७० लाख ५८ हजार ३ सय ९९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ३ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढी हो । गत बुधबार २ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -