Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३५:०८ बिहान
- ADVERTISEMENT -

सुदूरपश्चिम : एमालेले छाडेन अडान, प्रदेशसभा बैठक स्थगित गर्ने तयारी

प्रकाशित मिति: २०८१ वैशाख २१, शुक्रबार

444
Shares

विश्वासको मत लिने प्रयोजनाका लागि शुक्रबार बोलाइएको सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित हुने भएको छ। दलहरूबीच सहमतिको प्रयास असफल भएपछि सभामुख भीम भण्डारीले शुक्रबार साँझ ५ बजेका लागि बोलाइएको बैठक स्थगित गर्ने तयारी अघि बढाएका हुन्। 

अर्को बैठक कहिले राख्ने भन्नेबारे सभामुख भण्डारीले अहिले छलफल अघि बढाएका छन्। यद्यपि, मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई सत्ता गठबन्धनकै दलहरूको साथ नमिल्ने भएपछि विश्वासको मतको कार्यक्रम स्थगित हुने भएको हो। 

सभामुख निकट स्रोतले भन्यो, ‘यहाँ सहमतिको अधिकतम प्रयास गर्दा पनि सफल हुन सकेको छैन, अब बैठक स्थगित गर्नेबारे छलफल चलिरहेको छ।’

शुक्रबार प्रदेश सभा बैठकअघि बस्ने भनिएको कार्य व्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेन। बिहान ८ बजे तय भएको बैठक दिउँसो २ बज्दा पनि बस्न सकेन।

सत्तारुढ दल नेकपा एमालेको अडानले सोडारीले विश्वासको मत लिने कार्यक्रम अनिश्चित बनेको हो।

नेकपा एमालेले शुक्रबार विश्वासको मत नदिने अडान लिइरहेको छ। ६ वैशाखमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारी संघीय सरकारको सत्ता घटक गठबन्धनका तर्फबाट संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्।

मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र संसद्‌मा विश्वासको मत लिएर बहुमत सिद्ध गर्नु पर्ने संवैधानिक व्यवस्था छ। सोडारीलाई मुख्यमन्त्रीमा दाबी गर्दा नेकपा एकीकृत समाजवादी ९४०, नेकपा एमाले ९१००, नेकपा माओवादी केन्द्र ९१००, नागरिक उन्मुक्ति ९२ रञ्जिता पक्षीय० र स्वतन्त्र सांसद डा। ताराप्रसाद जोशीको समर्थन थियो।

५३ प्रदेश सभा सदस्य रहेको  सुदूरपश्चिममा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। सत्तारुढ गठबन्धनको साथ रहेमा मुख्यमन्त्री सोडारीलाई सुविधा सम्पन्न बहुमत छ।

बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा १ तर्फ उपचुनावमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएपछि सत्तारुढ गठबन्धनलाई झनै सहज अंकगणित छ। तर उपचुनावपछि नेकपा एमाले नेकपा एकीकृत समाजवादीसँग चिढिएको छ। 

बझाङ उपचुनावमा नजिते पनि एमालेलाई हराउने गरी नेकपा एकीकृत समाजवादी भूमिका खेलेको भन्दै दुईबीच अविश्वासको दूरी बढेको हो। त्यहाँ नेकपा एकीकृत समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको थियो। यद्यपि उनले धरौटी पनि जोगाउन सकेनन्।

केन्द्रमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच बझाङ उपचुनावमा एमालेलाई सघाउने सहमति भएको दाबी छ। तर यसविपरीत नेकपा एकीकृत समाजवादी त्यसको विरोधमा लागेको एमाले नेताहरूको दाबी छ। 

अहिलेकै अवस्थामा एकीकृत समाजवादीका सोडारीलाई विश्वासको मत नदिने पक्षमा एमाले छ।

सोडारी नेतृत्वको सरकारमा सामेल नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जितापक्षीय सांसदद्धय कैलाश चौधरी र टीका थापालाई नाउपाको संसदीय दलले सोडारीलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ।

रेशम पक्षको बाहुल्य रहेको संसदीय दलका प्रमुख सचेतक खुसीराम डगौँराले दुवै सांसद नाममा छुट्टाछुट्टै पत्र लेख्दै ह्विप जारी गरेका हुन।

उनीहरु दुवै सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -