Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:१६:४२ दिउँसो
- ADVERTISEMENT -

माओवादी घटकबिच एकता गर्ने र ०८४ को निर्वाचनमा भाग लिने विप्लवको निर्णय

प्रकाशित मिति: २०८१ वैशाख १८, मंगलबार

478
Shares

 नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले माओवादी घटकबिच पार्टी एकता र आगामी निर्वाचन उपयोग गर्ने नीति अघि सारेको छ । केन्द्रीय कार्यालय कपिलवस्तुको शिवगढीमा वैशाखको पहिलो साता सम्पन्न केन्द्रीय समिति बैठकले यस विषयमा महत्त्वपूर्ण निर्णय गरेको महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जानकारी दिएका छन् ।

देशको अवस्था निकै तरल र गम्भीर मोडमा रहेको विश्लेषण गर्दै उनले वामपन्थीबिच फराकिलो मोर्चा निर्माण गर्न विचार मिल्नेसँग एकता गर्दै जाने गरी बैठकले निर्णय गरेको जानकारी दिए ।  

‘विचार मिल्नेसँग एकता गर्दै जानुपर्छ । त्यसका लागि पहिला माओवादी धारसँग एकताबद्ध हुनेगरी पार्टीले पहल गर्ने, त्यसपछि सबै कम्युनिस्ट पार्टीसँग पनि एउटै कम्युनिस्ट आन्दोलन निर्माण गर्न सकिन्छ कि भन्नेमा बहस गर्ने । त्यति अहिले गर्न नसके स्वाधीनताका रक्षाका लागि एउटा वृहत् कम्युनिस्ट मोर्चा वा वाम मोर्चा वा समाजवादी मोर्चा बनाउन मेहनत गर्नुपर्छ भन्ने विषयमा बैठकले निर्णय गरेको छ’, बैठकको निर्णयबारे जानकारी दिँदै मंगलबार उनले भने ।

साथै वृहत् समाजवादी आन्दोलनलाई सफल बनाउन नेकपाले नेतृत्व गर्ने उनले बताए । देशलाई समाजवादी हुँदै साम्यवादी व्यवस्थामा लैजान तीन वटा विकल्प पनि विप्लवले अघि सारे । ‘पहिलो, संविधान परिवर्तन गरेर समाजवादी संविधान बनाउने । दोस्रो, बुर्जुवा गणतन्त्र कि साम्यवादी गणतन्त्र भन्नेमा जनमत सङ्ग्रहमा जाने ।  तेस्रो, जनवादी आन्दोलन गरी समाजवादी शक्ति निर्माण गर्ने । त्यसका लागि समाजवादी शक्तिको नेतृत्वमा सरकार, सदन र सडकबाट सङ्घर्ष गर्ने’, उनको भनाइ छ । 

यस्तै नेकपाले २०८४ को निर्वाचनलाई समाजवादको अभियानका रूपमा उपयोग गर्ने नीति अघि सारेको छ । चुनावी मोर्चाको उपयोगबारे प्रस्ट पार्दै विप्लवले भने, ‘संसद् र सरकार बनाउन मात्र पार्टीले चुनावको उपयोग गर्न लागेको होइन । समग्र समाजवादी अभियानका रूपमा यसलाई प्रयोग गर्न सकिने सम्बन्धमा बैठकले महत्त्वपूर्ण निर्णय गरेको छ ।

यस्तै बैठकले देशको परिस्थिति अत्यन्तै अस्थिर र गम्भीर रहेको निष्कर्ष निकाल्दै एमसिसी, महँगी, भ्रष्टाचारविरुद्ध आन्दोलन चर्काउने निर्णय गरेको छ । साथै आन्तरिक राजनीति निकै गिजोलिएको भन्दै विप्लवले यसले नेपालको  अर्थतन्त्र, सांस्कृतिक र सामाजिक क्षेत्रमा गम्भीर प्रभाव परिरहेको दाबी गरे । 

यस्तै सो पार्टीले साम्यवादी व्यवस्था स्थापना गर्नका लागि चार मित्र शक्ति, चार मित्र वर्ग र ६ मित्र समुदायको अवधारणा ल्याएको छ । चार मित्र शक्तिमा कम्युनिस्ट, समाजवादी, देशभक्त र लोकतान्त्रिक गणतन्त्रवादी छन् ।  यी शक्तिलाई एक ठाउँमा ल्याउन जोड गर्ने निर्णय नेकपाको  छ । 

चार मित्र वर्गमा किसान, मजदुर, मध्यम वर्ग र राष्ट्रिय पुँजीपति वर्ग रहेका छन् । यी चार वर्गसँग सहकार्य गर्ने सो पार्टीको नीति छ । 

यस्तै ६ मित्र समुदायमा जनजाति, खस आर्य, श्रमिक समुदाय, मधेस, मुस्लिम र महिला छन् । उनीहरूसँगको सहकार्यमा मात्र नेपालको नयाँ राजनीतिक परिदृश्य निर्माण हुने विश्लेषण विप्लवको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -