Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२७:५६ दिउँसो
- ADVERTISEMENT -

नक्कली लाइसेन्स प्रकरणमा थप एक जना पक्राउ

प्रकाशित मिति: २०८१ वैशाख १७, सोमबार

208
Shares

नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अहिलेसम्म तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

सोमबार मात्रै यातायात कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत नारायण पाण्डेलाई सीआईबीले पक्राउ गरेको छ । उनी पक्राउ परेसँगै नक्कली लाइसेन्स प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । यसअघि गत शुक्रबार हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत आईटी इन्जिनियर सुरजप्रकाश अर्याल र यातायात कार्यालय बुटवलमै करार इन्जिनियरको रुपमा कार्यरत हरि भट्ट पक्राउ गरेका थिए ।

पक्राउ परेकाहरुलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएको छ । आइतबार भट्ट र अर्यालविरुद्ध ५ दिनको म्याद थप भएको हो । सोमबार पक्राउ गरेका पाण्डेलाई भने मंगलबार अदालतमा उपस्थित गराउने प्रहरीको भनाइ छ ।

यो समूहले ट्राफिक प्रहरीको कारबाहीबाट यातायात कार्यालय ल्याइएका लाइसेन्सहरुको कीर्ते गरी सोही नम्बरमा अर्को लाइसेन्स जारी गर्दै बिक्री गरेको पाइएपछि पक्राउ गरिएको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले बताए । एउटा केशबाट प्रहरीले यो प्रकरणलाई अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा भने थुप्रै लाइसेन्सहरु यसैगरी जारी भएको हुनसक्ने देखिएको छ ।

उनीहरुविरुद्ध सरकारी लिखत कीर्तेको कसुरमा सीआईबीले अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका सबै सरकारी कर्मचारी भएकाले उनीहरुले क्षेत्राधिकार बाहिर गएर सीआईबीले पक्राउ गरेको भन्दै म्याद थप गर्न नहुने जिकिर गरेका थिए । स्मार्ट लाइसेन्समा डिजिटल कीर्ते हुने र त्यसबारे कानुनमा समेत प्रष्ट उल्लेख नभएको भन्दै म्याद थप गर्न नहुने तर्क उनीहरुको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत १ लाख भन्दा बढी लाइसेन्समाथि छानबिन गरिरहेको छ । सोही छानबिनका लागि भन्दै आईटी इन्जिनियर अर्याललाई काजमा अख्तियारले आफ्नो कार्यालयमा लगेको थियो । अख्तियार स्रोतका अनुसार उनी १ लाख भन्दा बढी नक्कली लाइसेन्स प्रकरणमा समेत जोडिएको र आईटी इन्जिनियर समेत भएकाले अनुसन्धानका लागि सहज हुने भन्दै केही दिनअघि मात्रै अख्तियारमा काज गरिएको हो ।

यातायात व्यवस्था विभागले उपसचिव मुकेश रेग्मीको संयोजकत्वमा समति गठन गरी नक्कली लाइसेन्सबारे छानबिन गरेको थियो । विगत ८ वर्षमा १ लाख भन्दा बढी नक्कली लाइसेन्स जारी भएको खुलेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -