Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:५१:३३ बिहान
- ADVERTISEMENT -

मुग्लिन ‘आर्क ब्रिज’को निर्माण कार्य समपन्न, १५ जेठमा प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम

प्रकाशित मिति: २०७६ वैशाख २४, मंगलबार

2137
Shares

चितवन, २४ बैशाख २०७६ । त्रिशुली नदीमा बनिरहेको आर्क ब्रिजको निर्माण कार्य सकिएको छ । पृथ्वी राजमार्ग अन्तर्गत त्रिशुली नदीमा रहेको मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि विसं २०७१ बाट निर्माण शुरु गरिएको सो पुल पटक पटक समय थप्दै निर्माण कम्पनी बैशाख महिना भित्र सकेको हो ।

पुल निर्माणको ठेक्का चारबर्षअघि नै भएको थियो । ७४ सालको असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि काम बाँकी रहेकाले २०७६ सालको बैशाख मसान्तसम्म म्याद थप गरिएको थियो । थप भएको म्यादभित्र काम सकिने योजना कार्यालयले जनाएको छ ।

१ सय ६० मिटर लामो चितवनको मुग्लिन र तनहुँ जोड्ने यो पुलको निर्माण कार्य पूरा भइसकेको सडक विभाग अन्तर्गतको पुल महाशाखाले जनाएको छ। अब रंगरोगनको काम मात्र बाँकी रहेको पुल बिभागले जनाएको छ । जेठको १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट उद्घाटन गर्ने तयारी गरिएको पुल योजना सेक्टर नं २ का योजना प्रमुख अंगलाल रोकायाले जानकारी दिए ।

‘निर्माणको काम सकियो । अब पेण्टिङको काम बाँकी छ’,उनले भने, ‘पुल भन्दा सडकको लेभल केही माथि भएकाले त्यसलाई पनि मिलाउनु पर्नेछ ।’ नयाँ पुल निर्माण भएपनि पुरानो पुललाई पनि यथावत राखिने पुल बिभागको योजना छ ।

‘नारायणगढतिरबाट आउने गाडीलाई पुरानो पुलबाट र पोखरातिरबाट आउने गाडीलाई नयाँपुलबाट गुडाउने भन्ने हाम्रो योजना छ’, उनले भने, ‘नयाँ पुल चालु भइसकेपछि पुरानो पुलको मर्मतसम्भार गर्नेछौं ।’

नयाँ प्रकृतिको काम, नदीमा पानीको बहाव ठूलो हुनु र नारायणगढ–मुग्लिन सडक स्तरोन्नतिको समयमा सडक अवरुद्ध भई सामान ढुवानीमा समस्या हुँदा निर्धारित समयमा पुल निर्माण सम्पन्न हुननसकेको उनले बताए ।

चीनमा पढेर आएका नेपाली इञ्जिनीयरले डिजाइन गरेको यो दोस्रो आर्क ब्रिज हो । पहिलो चोभारमा परीक्षणका रूपमा निर्माण गरिएको छ । यो पुल नेपालमा निर्माण हुँदै आएका पुलका डिजाइनभन्दा फरक भएको निमार्णकर्ताको दावी छ ।

मुग्लिन र तनहुँ जोड्ने निर्माणाधीन आरसिसी मोटरेवल आर्क ब्रिज पूरा भएपछि दुईतर्फी आवगमन सहज हुने अपेक्षा गरिएको छ । विश्व बैंकको १२ करोड लागतमा यो पुल निर्माण गर्न लागिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -